Logo

गभर्नरले भने : ‘पैसा खराव चिज हो, बढी वर्किङ क्यापिटल कर्जा दिँदा त्यसको दुरुपयोग र मानव स्वास्थ्यमाथि खेलबाड भयो’

गभर्नरले भने : ‘पैसा खराव चिज हो, बढी वर्किङ क्यापिटल कर्जा दिँदा त्यसको दुरुपयोग र मानव स्वास्थ्यमाथि खेलबाड भयो’



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी वर्किङ क्यापिटल कर्जा दिँदा त्यसको दुरुपयोग भएको बताएका छन । उनले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै अहिले उद्योगी व्यवसायीले बढी वर्किङ क्यापिटल कर्जा लिँदा त्यसको दुरुपयोगका साथै मानव स्वास्थ्य माथि समेत खेलवाड गरिरहेको बताए ।

laxmi

‘वर्किङ क्यापिटलको नाममा अहिले ओभर फाङनान्सिङ भैरहेको छ,’ उनले भने, ‘अहिले यस विषयमा अनावश्यक हल्ला चलाईयो तर ५० लाखभन्दा कम ऋण लिनेका लागि वर्किङ क्यापिटलको अहिलेको व्यवस्थाले कुनै असर गर्दैन ।’ तर वर्किङ क्यापिटलको नाममा ओभर फाईनान्सिङ भएर दुरुपयोग भैरहेको रिपोर्ट आएपछि राष्ट्र बैकले २ करोड वा सोभन्दा माथिको कर्जामा दुईथरी स्ल्याप राखिएको उनले जानकारी दिए ।

अहिले कतिपय व्यवसायीले बढी कर्जा पाएकै कारण बढी सामान खरिद गरेर होल्ड गर्दा त्यस्ता बस्तुको म्याद गुज्रिएर पुनः सोही खाद्य बस्तु रिप्याकेजिङ गरेर बिक्री गर्दै उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गरिरहेको जानकारी दिए । ‘म पैसामा हस्ताक्षर गर्ने गभर्नर हुँ तर यो पैसा साह्रै खराव चिज हो,’ उनले भने, ‘अहिले बढी कर्जा पाएकै कारण पैसाको दुरूपयोग हुन थाल्यो ।’

यस्तै उद्योगी व्यवसायीले निश्चित कामको लागि सिजनल वर्किङ क्यापिटल कर्जा लिएको हुने हुनाले उक्त काम सकिएपछि कर्जा चुक्ता गरेर जिरोमा झार्नु पर्ने व्यवस्था गरिएको जानकारी दिए । ‘उदाहरणका लागि कुनै व्यवसायीले दशैं तिहारका लागि सामान खरिद गर्न कर्जा लिए भने उनीहरूले सो सामान बिक्रीवितरण गरेपछि सोका लागि लिएको कर्जा तिर्नु पर्दैन ?,’ उनले भने, ‘तर अहिले त्यसरी लिएको कर्जा चुक्ता नगरी अन्य क्षेत्रमा लगानी गरि दुरुपयोग गरिरहेकाछन् त्यसैले अहिले त्यसलाई रोक्दा विरोध शुरू भयो ।’

साथै उनले गभर्नरलाई पर्ने तनाव भनेकै मूल्य स्थिरताको भन्दै सोको व्यवस्थापन गर्न राष्ट्र बैंक लागि परेको बताए । अहिले पनि बाह्य क्षेत्र दवावमा रहेको बताउँदै केही सहज हुदैमा सबै आयात खुला गर्दा फेरि पुरानै अवस्था आउनसक्ने उनको भनाई थियो । अहिलेको अप्ठ्यारो बेलामा सबैले केही सहनु पर्ने र सोही अनुरूप सहयोग गर्नु जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL