Logo

इरानमाथिको तेल आपूर्ति प्रतिबन्ध फुकुवा हुँदै, कच्चा तेल प्रतिब्यारेल ९५ डलरमा झर्यो

इरानमाथिको तेल आपूर्ति प्रतिबन्ध फुकुवा हुँदै, कच्चा तेल प्रतिब्यारेल ९५ डलरमा झर्यो



काठमाडौं । इरान र पश्चिमी देशहरू सम्झौताको नजिक पुगेका छन् । जसका कारण अन्तर्राष्ट्रिय स्तरमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । सञ्चारमाध्यमका अनुसार इरान र पश्चिमी देशबीच सम्झौता तय भएको छ । यससँगै इरानबाट तेल आपूर्तिमा लगाइएको प्रतिबन्ध फुकुवा हुनेछ ।

laxmi

जसका कारण सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । अमेरिकी कच्चा तेल बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) प्रति ब्यारेल ८९.६९ डलरमा एक प्रतिशत भन्दा बढी घटेको छ । अर्कोतर्फ, ब्रेन्ट क्रुडको मूल्य पनि १.१४ प्रतिशतले घटेर ९५.६२ डलर पुगेको छ । तर, नेपाली बजारमा पेट्रोल–डिजेलको मूल्य भने यथावत रहेको छ ।

अल जजिराका अनुसार कुनै पनि बेला पश्चिमी देशहरूको सम्झौता हुन सक्छ । इरानले आफ्ना धेरै सर्तहरू त्याग्न सहमत भएको छ । यदि यो सम्झौता पारित भयो भने यसले १७ इरानी बैंक र १५० वित्तीय संस्थामाथिको प्रतिबन्ध हटाउनेछ ।

त्यस्तै, इरानले प्रतिदिन ५ करोड ब्यारेल कच्चा तेल निर्यात गर्न अनुमति पाउनेछ । आपूर्ति बढने अपेक्षामा कच्चा तेलको मूल्य घटेको छ । यसअघि तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकले उत्पादन घटाउने कुरा गरेको थियो । जसका कारण गत साता कच्चा तेलको मूल्यमा उछाल आएको थियो तर, साताको अन्त्यमा भने मूल्य घटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL