Logo

Global_Ime

संकटमा संसारकै धनी मस्क : ट्विटरको कानुनी लडाइँका बीच टेस्लाको करिब ७ अर्ब डलरको सेयर बेचे, एक वर्षमै ३२ अर्ब डलरको सेयर विक्री

संकटमा संसारकै धनी मस्क : ट्विटरको कानुनी लडाइँका बीच टेस्लाको करिब ७ अर्ब डलरको सेयर बेचे, एक वर्षमै ३२ अर्ब डलरको सेयर विक्री



काठमाडौं । टेस्ला इंकका मुख्य कार्यकारी एलोन मस्कले इलेक्ट्रिक वाहन निर्माताको ६.९ बिलियन डलर मूल्यको शेयर बेचेका छन् । ट्वीटर इन्कसँगको ४४ बिलियन डलरमा टेकओभर सम्झौता तोडेसँगै कानुनी विवादको बीचमा टेस्लाको स्टक आपतकालीन बिक्रीबाट बच्न यसलाई महत्त्वपूर्ण कदम मानिएको छ।

Laxmi_sunrise
KBL

संसारको सबैभन्दा धनी व्यक्ति मस्कले अप्रिलमा भनेका थिए कि ‘अब टेस्लाको सेयर बिक्रीको योजना छैन ।’ सो समयमा कम्पनीको ८.५ बिलियन मूल्यको शेयर बेचिसकेपछि मस्कले भनेका थिए ।

तर, कानुनी विज्ञहरूले यदि मस्कले ट्विटरको बिरूद्ध आफ्नो लडाई हारे र अधिग्रहण पूरा गर्न वा कडा जरिवाना तिर्न बाध्य भएमा टेस्लाको धेरै सेयरहरू बेच्नुपर्ने अवस्था आउन सक्ने सुझाव दिएका छन् ।

मस्कले सामाजिक मिडिया प्लेटफर्म किन्नको लागि आफ्नो अप्रिल २५ को सम्झौता तोडेका थिए । जसका कारण उनले कानुनी लडाईको सामना गनुपर्ने भएको छ र मस्कको अर्बौ डलर खर्च हुन सक्ने बताइएको छ । दुवै पक्षले अक्टोबर १७ मा मुद्दाको सामाना गर्दैछन् ।

पछिल्लो सेयर बिक्रीमा मस्कले अगस्ट ५ र अगस्ट ९ को बीच लगभग ७.९२ मिलियन शेयरहरू बेचेको थियो, बहु फाइलिङहरूले देखाएको छ । उनीसँग अहिले टेस्लामा १५५.०४ मिलियन शेयर छ । पछिल्लो बिक्रीले मस्कको कुल स्टक बिक्री एक वर्षभन्दा कमको समयमा लगभग ३२ बिलियन डलर पुगेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL