Logo

विवादास्पद अर्थ सचिव मरासिनीको सरुवा, कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी

विवादास्पद अर्थ सचिव मरासिनीको सरुवा, कृष्णहरि पुष्करलाई अर्थ सचिवको जिम्मेवारी



काठमाडौं । सरकारले तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी कृष्णहरि पुष्कर कर्णलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई सरकारले अर्को व्यवस्था नभएसम्मका लागि अर्थ र राजस्व दवै हर्नेगरी सचिवको जिम्मेवारी दिएको हो ।

laxmi

अर्थ मन्त्रालयका तत्कालिन अर्थ सचिव मधुमरासिनी बजेट विवादमा जिम्मेवारीबाट पन्छिदै विदामा बसेको र अर्थमन्त्रीमा जनार्दन शर्मा पुनर्बहाली भएपछि उनी मन्त्रालयमा आउन छाडेका थिए । बजेट निर्माणको क्रममा अनियमिताको प्रश्न उठेपछि मरासिनीले सोको दोष अर्थमन्त्री जनार्दन शर्मालाई मात्रै लगाएर पन्छिन खाजेका थिए । बजेट निर्माण गर्दा अर्थमन्त्रीसँगै बसेर बनाउने र समस्या पर्दा विदामा बसेर जिम्मेवारीबाट भाग्न खोजेपछि उनी विवादमा आएका थिए ।

बजेट विवादमा आफुलाई धोका दिँदै जिम्मेवारीबाट पन्छिएको भन्दै अर्थमन्त्री शर्माले मरासिनीलाई कुनै पनि हालतमा अर्थ सचिवको रुपमा नराख्ने बताएको उनी सम्बद्ध स्रोतले जानकारी दिएको थियो । सोही अनुरुप बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL