Logo

महालेखा परिक्षकको ५९ औं प्रतिवेदन : बेरुजु बढेर ४ खर्ब ८३ अर्ब नाघ्यो, कारबाही गरी टुंगो लगाउनुपर्ने ८ खर्ब २९ अर्ब

महालेखा परिक्षकको ५९ औं प्रतिवेदन : बेरुजु बढेर ४ खर्ब ८३ अर्ब नाघ्यो, कारबाही गरी टुंगो लगाउनुपर्ने ८ खर्ब २९ अर्ब



काठमाडौं । सरकारी बेरुजु ४ खर्ब ८३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । महालेखा परिक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५९ औं प्रतिवेदनमा यो बर्ष मात्रै सरकारको बेरुजुमा १ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ थपिएको बताईएको छ ।

laxmi

प्रतिवेदन अनुसार गत बर्षसम्म सरकारको बेरुजु रकम ४ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ पुगेको थियो । त्यसमा सरकारले गत बर्षको ५० अर्ब २९ करोड रुपैयाँ फर्छ्यौट गरिसकेको छ । यो बर्षको १ खर्ब १५ अर्ब बेरुजु जोड्दा कुल बेरुजु ४ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको हो ।

प्रतिवेदनअनुसार यो बर्ष हालसम्म संघीय तथा प्रदेश सरकारी निकाय, स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाको गरी कुल ७५ खर्ब ३३ अर्ब ९करोड रुपैयाँको लेखापरिक्षण गरिएको छ ।

त्यसमध्ये ३ हजार २ सय ८७ संघीय सरकारी निकायको लेखापरिक्षणबाट ४९ अर्ब ४७ करोड, प्रदेश निकायबाट ७ अर्ब ४८ करोड र समिति तथा अन्य संस्थाको लेखापरिक्षणबाट १४ खर्ब १९ करोड रुपैयाँ बेरुजु पाईएको हो । यस्तै स्थानीयत तहको लेखापरिक्षणबाट ४३ अर्ब ९० करोड रुपैयाँको बेरुजु पाईएको छ ।

हालसम्म आएको बेरुजुमध्ये सरकारले लेखापरिक्षण र सम्परिक्षणबाट ४ अर्ब २० करोड रुपैयाँ असुल गरिएको छ । यस्तै महालेखा परिक्षकका कार्यालयका अनुसार यो बर्ष अद्यावधिक कारबाही गरी टुंगो लगाउनुपर्ने रकम ८ खर्ब २९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत बर्ष यस्तो रकम ६ खर्ब ७६ अर्ब ४१ करोड रुपैयाँ थियो ।

यस्तो छ प्रतिवेदनको पुर्ण पाठ :

[googleapps domain=”drive” dir=”file/d/1cPYs-wammXErqn-9__Ags_RuDO_GqNIA/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL