Logo

चालु खाता ५ खर्ब ९५ अर्बले घाटामा, शोधनान्तर घाटा २ सय ६९ अर्ब माथि

चालु खाता ५ खर्ब ९५ अर्बले घाटामा, शोधनान्तर घाटा २ सय ६९ अर्ब माथि



काठमाडौं । नेपालले चालु आर्थिक बर्षको ११ महिनामा ५ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ चालु खाता घाटा व्यहोरेको छ । लगातार बढ्दो आयात र सोही अनुसार बढेको व्यापारघाटाका कारण चालु खाता घाटा र र शोधनान्तर स्थिति ने लगातार घाटामा छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनामा मात्रै नेपालले २ सय ६९ अर्ब ८१ करोड रुपैयाँ शोधनान्तर घाटा व्यहोर्नुपरेको छ ।

laxmi

अमेरिकी डलरमा गत बर्षको सोही अवधिमा २ अर्ब ५४ करोडले घाटामा रहेको चालु खाता चालु आवको ११ महिनामा ४ अर्ब ९६ करोडले घाटामा रहेको छ ।

चालु आवको ११ महिनामा पुँजीगत ट्रान्सफर ३२ दशमलव ९ प्रतिशतले कमी आई ९ अर्ब ४९ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७ दशमलव १ प्रतिशतले वृद्धि भई १७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब २० करोड रुपैयाँ रहेको थियो ।

चालु आवको ११ महिनाको अवधिमा शोधनान्तर स्थिति २६९ अर्ब ८१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १५ अर्ब १५ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको शोधनान्तर स्थिति चालु आबमा २ अर्ब २६ करोडले घाटामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL