काठमाडौं । चालु आर्थिक बर्ष २०८१÷८२ को बैशाखसम्म नेपालको चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो १० महिनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो बताएको हो । गत आर्थि बर्षको यहि अवधिमा १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा चालु खाता चालु आवमा बढ्दै साढे २ खर्ब नाघेको हो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता चालु आवको बैशासम्म १ अर्ब ८९ करोडले बचतमा रहेको छ । यस्तै यसै अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रहेको थियो ।
यसैगरी, चालु आवको १० महिनामा नेपालमा १० अर्ब ६० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । गत बर्षयस्तो लगानी ७ अर्ब ५ करोड रहेको थियो ।
यस्तै चालु आवको बैशाखसम्म शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आवमा बढेको हो ।