Logo

बजेटप्रति निजी क्षेत्र : नबुझिकन समर्थन, अरुले बुझाइदिएपछि विरोधमा

बजेटप्रति निजी क्षेत्र : नबुझिकन समर्थन, अरुले बुझाइदिएपछि विरोधमा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएसँगै खुलेर समर्थन गरेका निजी क्षेत्र पछिल्लो समय विरोधमा उत्रिएका छन् । यसअघिझै बजेटको बोरमा बुझ्दै नबुझी यसपटक पनि सरकारले ल्याएको बजेट उत्कृष्ट भनेर समर्थनमा उभिएका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संस्था बजेटको बारेमा अन्य सरोकारवाला निकायले वास्तविकता बुझाईदिएपछि विरोधमा उत्रिएका हुन् ।

laxmi

शुक्रबार (आज) मात्रै दुबै संस्थाले विज्ञप्तीनै जारी गरेर आगामी आर्थिक वर्षको बजेटको बारेमा विरोध गरेका छन् । व्यापारीभन्दा पनि स्वदेशी उद्योगी संलग्न बस्तुगत संघहरुले बजेटका कारण नेपाली उद्योग समस्यामा पर्ने भन्दै दबाद दिएपछि निजी क्षेत्रका छाता संगठनले बजेटको विरोध गर्दै विज्ञप्ती जारी गरेका छन् ।

सोही अनुरुप महासंघले भन्सार महशुल, अन्तःशुल्क लगायतका राजस्वका दरहरूमा गरिएको प्रावधानबाट स्वदेशी उद्योग व्यवसाय प्रभावित भएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ । ‘विना परामर्श र उद्यमी व्यवसायीको राय सुझाव विपरित एकतर्फीरूपमा बजेट र आर्थिक ऐनमा समावेश गरिएका प्रावधानले उद्योगलाई पर्न गएको समस्या तत्काल संवोधन गर्न महासंघ सरकारसंग माग गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘स्टिल रोलिङ मिल तथा एम एस वायर उद्योग, वनस्पति घ्यूतेल उद्योग, स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगहरू लगायतका उद्यम व्यवसाय बजेटमा गरिएका व्यवस्थाका कारण बन्द हुने अवस्थामा पुगेका छन् ।’

यसैगरी नेपाल उद्योग परिसंघले सरकारको राजस्व नीतिका कारण वायर रड उद्योग, घ्यू तेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योग जस्ता स्वदेशी उद्योगहरु प्रत्यक्ष मारमा परेको बताएको छ । आगामी आर्थिक बर्षको बजेटमार्फत सरकारले उल्लेखित वस्तुमा कर बढाएकोप्रति परिसंघले असन्तुष्ट प्रकट गरेको हो ।

परिसंघले नेपाल सरकारले यस्ता वस्तुहरुमा भन्सार तथा अन्तःशुल्क बढाएर स्वदेशी उद्योगहरुलाई धरासायी बनाउने वातावरण बनाएको बताएको छ । यसरी उद्योगको कच्चा पदार्थ वायर रड आयात गर्दा भारतमा १५ प्रतिशत तथा नेपालमा १० प्रतिशत भन्सारका साथै ४५०० प्रति टन अन्तःशुल्क लाग्ने व्यवस्था कायम गरेको छ ।

सोही कच्चा पदार्थबाट निर्मित तयारी वस्तुहरुको आयातमा भारततर्फ कुनै कर नलाग्ने, नेपाल सरकारले ६ प्रतिशत भन्सार तथा १० हजार रुपैयाँ प्रति टन अन्तःशुल्क लगाएको छ । यस व्यवस्थाले कच्चा पदार्थ तथा सोबाट निर्मित तयारी वस्तुको आयातमा लाग्ने शुल्क कम्तिमा एक तहको फरक हुने सरकारकै नीति विपरित व्यवस्था कायम भएको छ । अतः स्वदेशी उद्योगहरुलाई धरासायी हुनबाट तत्काल जोगाउन हाल वायर रडको आयातमा कायम गरिएको भन्सार महसुलमा उद्योगहरुलाई ९० प्रतिशत छुट गर्न परिसंघले अनुरोध गरेको छ ।

यसअघि एमएसवायर उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ आयातमा भन्सार महसुल ५ बाट १० प्रतिशत र अन्तःशुल्क प्रतिटनमा २ हजार ५ सयबाट ४ हजार ५ सय पुर्याईदा वायर स्टिल उत्पादन गर्ने उद्योगले आयातित वस्तुहरूसंग प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुुगेको महासंघको ठहर छ । यसैगरि प्रशोधित पाम र पामोलिन तेल आयातमा ५ प्रतिशत भन्सार महशुल कायम गरी उक्त आयल प्रयोग गर्ने उद्योगहरुलाई सिधै आयात गर्न दिने नीतिले सञ्चालनमा रहेका वनस्पती घिउतेल उद्योगहरू गम्भीर संकटमा जाने महासंघले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL