Logo

निर्यातको उल्टो बाटोमा नेपाल, अर्थमन्त्रीले भने–प्याकेजिङको भरमा चलेको निर्यातको कुनै अर्थ छैन

निर्यातको उल्टो बाटोमा नेपाल, अर्थमन्त्रीले भने–प्याकेजिङको भरमा चलेको निर्यातको कुनै अर्थ छैन



काठमाडौं । पछिल्लो समय नेपालबाट भैरहेको निर्यातले देशको अर्थतन्त्रलाई मजबुद बनाउन नसक्ने बताएका छन् । ‘हामीले जुन खालका बस्तुहरु बढी मात्रामा निर्यात गरिरहेका छौं त्यसले देशको अर्थतन्त्रमा सकारात्मकभन्दा नकारात्मक असर प्रभाव पारिरहेको छ,’ छैठौं निर्यात दिवशको अवसरमा उनले भने, ‘विदेशबाट सामान ल्याएर नेपालमा प्याकेजिङ गरेर गरिने निर्यातले अर्थतन्त्रलाई बलियो बनाउँदैन ।’ पछिल्लो समय नेपालमा उत्पादननै नहुने पाम आयल लगायतका बस्तुहरु बढी मात्रामा निर्यात भैरहेको छ । जसबाट नेपालले विदेशी मुद्रा आर्जन गर्नुको सट्टा त्यस्ता बस्तु निर्यात गर्ने व्यापारीले सरकारसँग इन्सेन्टिभ लिने काम मात्रै भैरहेको छ ।

देशको अर्थतन्त्रमामा योगदान दिनका लागि स्वदेशी कच्चा पदार्थमा आधारित बस्तुहरु उत्पादन गरेर निर्यात गर्नुपर्ने उनको भनाई थियो । ‘कम लागतका गुणस्तरीय बस्तु उत्पादन भएपछि मात्रै निर्यात हुने हो,’ उनले भने, ‘त्यसका लागि सरकारले नीतिगत रुपमा केकस्ता परिवर्तनहरु गर्नुपर्ने छ त्यसका लागि तयार छौं ।’ तर बाहिरबाट सामान ल्याएर त्यहि बस्तु पोको पारेर अहिले भैरहेको देखावटी निर्यातको कुनै अर्थ नभएको समेत उनले जानकारी दिए ।

यसैगरी अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण ‘श्रम निर्यात’ रहेको बताएका छन् । ‘हामीले नेपाली श्रम लगाएर बस्तु निर्यात गर्नुपर्ने तर श्रम निर्यात गरेर बस्तु आयात गरिरहेका छौ,’ उनले भने, ‘यो हाम्रो दुर्भाग्य हो अबका दिनमा हामी सबैले हातेमालो गरेर स्वदेशी कच्चा पदार्थबाट निर्मित बस्तु निर्यात बढाउनु जरुरी छ ।’

नेपाल निर्यात परिषद् (इकोन) को २४औं साधारणसभा तथा छैठौँ निर्यात दिवसको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले इकोनले निर्यातको सानो ‘डोरेटो’ निर्माण गरेको भन्दै अबका दिनमा सबै मिलेर त्यसलाई हाईवेमा बदल्नुपर्ने बताए । ‘हामीले निर्यातको गोरेटोलाई हाइवेमा नबदलेसम्म हाम्रो व्यापार घाटा अन्त्य हुन सक्दैन,’ उनले भने, ‘‘डोरेटो तयार भएकाले अब हामी हाइवेमा बदल्न नयाँ ढङ्गले सोचौँ ।’

प्रतिक्रिया दिनुहोस्
MBL