Logo

२०२१ मा विश्वका सबैभन्दा धनी व्यक्ति : यी १० व्यक्तिसँग छ संसारमा सबैभन्दा बढी पैसा

२०२१ मा विश्वका सबैभन्दा धनी व्यक्ति : यी १० व्यक्तिसँग छ संसारमा सबैभन्दा बढी पैसा



काठमाडौ ।  सन २०२१ सकिन लागेको छ । बितेको वर्षले कोरोना संकटसँगै धेरै उतारचढाव पनि बेहोर्यो । यो उतारचढाव विश्वका धनी व्यक्तिको सूचीमा पनि देखिएको थियो ।

laxmi

सन २०२१मा कहिले अमेजनका जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्ति भने कहिले टेस्लाका एलोन पहिलो नम्बरमा रहे । तर, पछि बेजोसलाई पछि पार्दै मस्क नम्बर एक स्थानमा पुगे। एलोन मस्क अहिले विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो नम्बरमा छन् ।

आउनुहोस्, अहिले विश्वका शीर्ष १० धनी व्यक्तिको सूचीमा को–को पर्छन् जानौं :

एलोन मस्क : २७४ बिलियन
जेफ बेजोस : १९८ बिलियन
बर्नार्ड अर्नाल्ट : १७१ बिलियन
बिल गेट्स : १३७ बिलियन
ल्यारी पेज : १३० बिलियन
सर्गेई ब्रिन : १२५ बिलियन
मार्क जुकरबर्ग : १२५ बिलियन
स्टीव बाल्मर : ११९ बिलियन
ल्यारी एलिसन : १०९ बिलियन
वारेन बफेट : १०८ बिलियन

स्रोत: ब्लूमबर्ग बिलियनेयर इन्डेक्स

३०० बिलियन पुग्ने विश्वको पहिलो व्यक्ति

एलोन मस्क ३०० बिलियन डलर सम्पत्ति पुग्ने संसारको पहिलो व्यक्ति बने। यसअघि कुनै पनि व्यक्तिले यस्तो आँकडा छुन सकेका थिएनन । तर, पछि उनको सम्पत्ति तल झर्यो ।

एसिया

भारत र एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानी विश्वका १२ औं धनी व्यक्ति रहेका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अम्बानीको सम्पत्ति हाल ८९.३ बिलियन डलर छ। अर्कोतर्फ, भारतका दोस्रो धनी व्यक्ति गौतम अडानीको कुरा गर्ने हो भने उनी विश्वको १४औँ धनी व्यक्ति हुन् । हाल उनको कुल सम्पत्ति ७७.७ बिलियन डलर छ। विश्वका धनीहरुको सूचीमा नेपालका एकमात्र व्यक्तिका रुपमा उद्योगपति बिनोद चौधरी रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL