Logo

कोरोना विरुद्धको खोप खरिदका लागि नेपाललाई विश्व बैंकको पौने ९ अर्ब सहयोग, एक तिहाई जनसंख्यालाई लगाईने

कोरोना विरुद्धको खोप खरिदका लागि नेपाललाई विश्व बैंकको पौने ९ अर्ब सहयोग, एक तिहाई जनसंख्यालाई लगाईने



काठमाडौं । विश्व बैंकले नेपालमा कोभिड–१९ को भ्याक्सिन र यसको सरल पहुँचका लागि करिब ९ अर्ब रुपैयाँ सहयोग स्विकृत गरेको छ । बिहीबार विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय विकास संघ (आइडीए) ले नेपालमा कोरोना खोपको उचित पहुँचका लागि भन्दै ७५ मिलियन डलर अर्थात हालको विनिमय दर अनुसार ८ अर्ब ७१ करोड ३० लाख रुपैयाँ सहयोग स्विकृत गरेको हो ।
उक्त सहयोग नेपालको कुल जनसंख्याको कम्तिमा पनि १ तिहाई जनसंख्यालाई सहज, सरल र समान रुपले खोप लगाउनु हो ।

विश्व बैंक माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि देशिय निर्देशक फरिस हदाद जर्भसले तिव्र गतिका साथ गरिएको स्विकृतीले चाँडोभन्दा चाँडो कुल जनसंख्याको ७२ प्रतिशतसम्म खोप पुर्याउने योजना रहेको बताए ।

यस्तै विश्व बैंकले सन २०२० को अप्रिलमा पनि कोभिड–१९ को आपतकालिन सहयोगका लागि भन्दै २९ मिलियन डलर सहयोग स्विकृत गरेको थियो ।

हालै गरिएको स्विकृतबाट भने ९० रकमको कोरोना विरुद्धको भ्याक्सिन खरिद गर्ने र बाँकी २० प्रतिशतको भने प्राथमिक क्षेत्रमा रहेकाले खोप लगाईने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL