Logo

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति : विप्लवले हिंसा त्यागे, सरकारले प्रतिबन्ध हटायो

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति : विप्लवले हिंसा त्यागे, सरकारले प्रतिबन्ध हटायो



काठमाडौं । सरकार र हिंसात्मक गतिविधिमा संलग्न रहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीनबुँदे सहमति भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तापछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

laxmi

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL