Logo

सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास आज : ४६ अर्ब लगानी, २८ मेवा बिजुली, १ लाख २२ हजार हेक्टरमा सिँचाई

सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास आज : ४६ अर्ब लगानी, २८ मेवा बिजुली, १ लाख २२ हजार हेक्टरमा सिँचाई



काठमाडौं । बहुचर्चित राष्ट्रिय गौरबको आयोजना सुनकोशी-मरिन डाइभर्सनको शिलान्यास आज हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सो आयोजनाको सिन्धुलीमा शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

मरिण डाइभर्सनले मध्यतराईको सम्पूर्ण भूमिमा सिंचाई सुविधा पुग्ने र त्यहाँबाट २८ मेगावाटको बिजुली उत्पादन हुने आयोजनाको शिलान्यासका लागि प्रधानमन्त्री ओली सिन्धुली जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै उर्जामन्त्री टोपबहादुर रायमाझी पनि सिन्धुली जाँदै छन् । सरकारले आर्थिक वर्ष २०७६र०७७ को बजेटमा सुनकोशी–मरिन डाइभर्सन आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको थियो ।

सुनकोसी नदीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरी मरिण क्षेत्रमा पुर्याएर विद्युत् उत्पादन गर्ने र यो पानीलाई मरिण हुँदै तराईमा सिँचाइ पुर्याउने उद्देश्यले आयोजना निर्माण सुरु गर्न थालेको हो ।

सरकारले चालु आर्थिक वर्षका लागि २ अर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको थियो । तर, कोरोना महामारीका कारण आयोजना निर्माणको कार्य अघि बढ्न सकेको थिएन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिकाको कानढुङग्री र गोलान्जोर गाउँपालिकाको खुर्कोट बीचबाट सुनकोशीको पानीलाई १३ किलो मिटरसम्म सुरुङ निर्माण गरेर मरिण क्षेत्रमा पुर्याएर २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ ।

करिब ४६ अर्ब रुपैयाँ लागतको आयोजना निर्माणका लागि सुरुङमार्ग र बाँधस्थलको डिजाइन पूरा भइ ग्लोबल ठेक्का प्रक्रियाबाट निर्माणको तयारी गरिएको छ । आयोजना अघि बढाउन २ अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL