Logo

सधैंका लागि बन्द भयो २० वर्ष पुरानो जयनेपाल फिल्म हल, यस्तो देखाइयो कारण

सधैंका लागि बन्द भयो २० वर्ष पुरानो जयनेपाल फिल्म हल, यस्तो देखाइयो कारण



काठमाडौं । चलचित्रप्रेमी नेपाली दर्शकहरुमाझ प्रमुख आकर्षणको रुपमा रहेको जयनेपाल फिल्म हल बन्द भएको छ ।

laxmi

नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले २० वर्ष पुरानो जयनेपाल फिल्म हल सधैंका लागि बन्द गरेको हो । क्वेस्ट इन्टरटेनमेन्ट प्रमुख नकिम उद्दिनले कोभिड महामारीपछि हललाई बन्द गरिएको बताए ।

जयनेपालका सबै सामानहरु पनि विक्री भैसकेको उनले जनाए । कोभिड–१९ महामारीपछि फिल्मी क्षेत्र नराम्रोसँग प्रभावित बनेको थियो । नेपाल चलचित्र संघले कोभिड कहरपछि मुलुकका १० प्रतिशत हल सधैंका लागि बन्द हुने जनाएको छ ।

संघका कोषाध्यक्ष देवेन्द्र खड्गीका अनुसार सरकारले राहत उपलब्ध गराउन नसक्दा ती हल बन्द भएको बताए । महामारीपछि बन्द हुने हलमा मोफसलका अधिकांश एकल पर्दा छन् ।

क्वेस्ट इन्टरेनमेन्टले फिल्मले लय समात्दै गए कुमारी हललाई चाँडै संचालनमा ल्याउने तयारी गरेको छ । अहिले मुलुकमा १२० भन्दा बढी हल संचालनमा छन् । महामारीपछि भारत र चीनका पनि दशौं हजार फिल्म हल बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL