Logo

महासंघको कार्यसमितिमा शौरभ ज्योतिलाई समावेश, गण्डकी प्रदेशका अध्यक्ष कोइरालाको विषयमा देखिएको विवाद टुङ्गियो

महासंघको कार्यसमितिमा शौरभ ज्योतिलाई समावेश, गण्डकी प्रदेशका अध्यक्ष कोइरालाको विषयमा देखिएको विवाद टुङ्गियो



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारीणी सदस्य पदमा शौरभ ज्योति मनोनित भएका छन् । महासंघको मंसिरमा सम्पन्न ५४ वार्षिक साधारणसभा तथा निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भएका ज्योतिलाई महासंघले सदस्य पदमा मनोनित गरेको हो ।

laxmi

उपाध्यक्ष पदमा भएको निर्वाचनमा उनी आफ्ना प्रतिस्पर्धी रामचन्द्र संघईसँग झिनो मतान्तरले पराजित भएका थिए । सदस्य पदमा मनोनित ज्योतिले महासंघको आज भएको कार्यसमिति सदस्य बैंठकमा एक कार्यक्रमबीच पद तथा गोपनियताको सपथ लिएका छन् ।

यसैगरी आजभएको पद तथा गोपनिएताको सपथसँगै महासंघको गण्डकी प्रदेशको अध्यक्षको विषयमा देखिएको विवाद समेत समाधान भएको छ । गएको निर्वाचनमा गण्डकी प्रदेशको अध्यक्ष पदमा निर्वाचत संजिव कोइरालाको उम्मेदवारी विधान सम्मत नभएको भन्दै विवाद निस्किएको थियो । तर आज एक कार्यक्रमबीच गण्डकी प्रदेशको अध्यक्ष पदमा निर्वाचित अध्यक्ष कोइरालालाई महासंघका अध्यक्ष शेखर गोल्छाले विधान सम्मत पद तथा गोपनियाताको शपथ खुवाएसँगै यस अघि विधान सम्मत नभएको भन्दै निस्किएको विवाद समेत टुङ्गिएको महासंघ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL