Logo

बेलायतसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन माग चेम्बरको माग, राजदूत रेग्मीले जाहेर गरे प्रतिबद्धता

बेलायतसँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन माग चेम्बरको माग, राजदूत रेग्मीले जाहेर गरे प्रतिबद्धता



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले संयुक्त अधिराज्य (बेलायत) सँग द्विपक्षीय आर्थिक सम्बन्ध वृद्धि गर्ने वातावरण बनाउन नवनियुक्त राजदूत लोकदर्शन रेग्मीसँग आग्रह गरेको छ ।

laxmi

चेम्वरद्वारा आयोजना गरेको छलफल कार्यक्रममा अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र संयुक्त अधिराज्यबीच कुटनीतिक सम्बन्ध स्थापनाको लामो समय भइसकेपनि दुई मुलुकबीच व्यापार तथा लगानी अपेक्षा गरे अनुरुप नभएको बताए ।

दुवै देशबीचमा आर्थिक सम्बन्ध अभिवृद्धि गर्नका लािग निजी क्षेत्रसँगको सम्बन्धलाई अघि बढाउनुपर्ने उनले बताए विश्व अर्थतन्त्रमा संयुक्त अधिराज्यको वित्तीय क्षेत्रको साख उच्च तहको रहेकाले नेपालमा बैंकिङ क्षेत्रको लगानी भित्र्याउन र नेपालबाट अर्गानिक वस्तुको निर्यात बजार बिस्तारको लागि पहल गरिदिन व्यवसायीहरुले आग्रह गरेका हुन् ।

जवाफमा राजदूत रेग्मीले आफूले दुवै मुलुकको व्यावार प्रवर्दन्का लागि सक्दो प्रयास गर्ने प्रतिवद्धतासमेत जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL