Logo

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको संख्या, मृतक बढेर २६ सय ८४ पुगे

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको संख्या, मृतक बढेर २६ सय ८४ पुगे



काठमाडौँ । सरकारले कोरोनाबाट मृत्यु हुनेको संख्या सच्याएको छ । स्वास्थ्य मन्त्रलायका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाबाट मृत्यु हुनेको अपडेट गरिएको जानकारी दिदै अहिलेसम्म मृत्यु हुनेको संख्या २६ सय ८४ पुगेको छ ।

laxmi

प्रवक्ता गौतमका अनुसार मन्त्रालयले गठन गरेको अध्ययन समितीले कोरोनाबाट मृत्यु हुनेको संख्या ६१८ जना थप भएका हुन् ।

यसअघि मन्त्रालयले कोरोनाबाट २०६६ जनाको मृत्यु भएको बताएको थियो ।

घरमा मृत्यु भएकाहरुको शव व्यवस्थापन गरिएको आधारमा कोरोनाबाट मृत्यु हुनेको संख्या अपडेट गरिएको उनले बताए ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुने डर ० दशमलव ९८ पुगेको छ ।

अहिलेसम्म नेपालमा कोरोनाबाट २ लाख ७३ हजार ७६० संक्रमित भएका छन् भने २ लाख ७० हजार १३९ जना संक्रमण मुक्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL