Logo

सीप विकास समितिका सभापति ढकालको नेतृत्वमा श्रम मन्त्रीसँग भेट, सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन

सीप विकास समितिका सभापति ढकालको नेतृत्वमा श्रम मन्त्रीसँग भेट, सरकार र निजी क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमक्ष सीपमुलक तालिम संचालन गर्नुपर्ने माग गरेको छ । बुधबार मन्त्रालयमा श्रम मन्त्री गौरीशंकर चौधरीसंगको भेटघाट कार्यक्रममा महासंघको स्वास्थ्य तथा सीप विकास समितिले यस्तो माग गरेको हो ।

laxmi

समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल,सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डलले श्रम मन्त्री चौधरीलाई भेटेको थियो ।

भेटका अवसरमा महासंघका तर्फबाट सीपमुलक तालिमको लागि थुप्रै संस्थाहरूले तालिम दिने र ठुलो रकम खर्च हुने गरेपनि नीजि क्षेत्रको माग अनुसार दक्ष एवं सीपयूक्त जनशक्ति पाउन कठिनाई भईरहेको कुरा महासंघले मन्त्रीसमक्ष जानकारी गराएको छ ।

भेटमा सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउंदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि विदेशीने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्याको अन्त्य गर्न पनि शीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम संचालन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मन्त्री चौधरीले नीजि क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेको बताए । सोहीअनुसार महासंघवाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL