Logo

भोजपुर उद्योग वाणिज्य संघको १४औ वार्षिक साधारण सम्पन्न, स्थानीय उत्पादनको ब्रान्डिङमा जोड

भोजपुर उद्योग वाणिज्य संघको १४औ वार्षिक साधारण सम्पन्न, स्थानीय उत्पादनको ब्रान्डिङमा जोड



काठमाडौं । भोजपुर उद्योग वाणिज्य संघको १४औ वार्षिक साधारण सभा नेपाल उद्योगवाणिज्य सङ्घकोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

उक्त अवसरमा भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं साधारण सभाको उद्घाटन गर्दै उद्योगी, व्यापारी, व्यवसायीहरूको समस्या, चुनौतीहरू समाधान, हौसला, प्रोत्साहन, प्रेरणा दिन उद्योग वाणिज्य महासङ्घले समग्र व्यापारिक क्षेत्रमा अभिभावकिय भूमिका निर्वाह गर्दै आएको महासङ्घ कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य राजेन्द्र राउतले बताए ।

उनले भने, “निजी क्षेत्रले गरेको लगानी सुनिश्चितता तथा दिगोपना, सुरक्षा एवं निरन्तरता दिन उद्योग वाणिज्य महासङ्घले उनीहरूको संरक्षण, सर्म्बद्धन एवं प्रवद्र्धनका क्षेत्रमा अभिभावकिय भूमिका निर्वाह गर्दै आएको छ ।” सोहि प्रसङ्गमा उनले उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन खुकुरी लगायत साना तथा घरेलु उद्योग, आदिको विकास तथा ब्रान्डिङ गर्न आग्रह ग।े ।

स्थानीय उद्योगी व्यापारीहरूको समस्याहरूको बारेमा थप जोड दिँदै उनले भने, “प्राकृतिक प्रकोप, बाढी पहिरो, ढुवानबाट हुने सम्भावित क्षति, नोक्सानी एवं प्रभावका विषयमा सरकारले निजी क्षेत्रलाई विशेष सहयोग गर्न आवश्यक छ । भने, निजी क्षेत्रको व्यवसायीक ज्ञान, सिप, रोजगार विकासमा विशेष सहयोग गर्न सरकारलाई आग्रह समेत गर्दछु ।” भोजपुर आफ्नो जन्मस्थल भएको उल्लेख गर्दै अध्यक्ष राउतले भोजपुर टेम्केडाडा, साल्पापोखरी खुकुरी लगायत विभिन्न क्षेत्रमा प्रख्यात रहेकाले जिल्लालाई विश्वसामु चिनाउन उद्योग वाणिज्य सङ्घको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रममा विशेष अतिथि एवं उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका पुर्व अध्यक्ष तथा केन्द्रीय सदस्य नरेन्द्र कुमार खड्काले राज्यको तिन खम्बे अर्थनीति अनुसार निजी क्षेत्रको प्रतिनिधित्व गर्ने उद्योग वाणिज्य सङ्घलाई सरकारले सारथिको रुपमा लिएर अगाडि बढ्न आग्रह गरे । साथै सरकारले देशमा रहेको उद्योग तथा उद्योगी, व्यापारी, व्यवसायीको अवस्था पहिचान गरी उनीहरूको समस्या तथा चुनौती समाधान गर्न आव्हान समेत गरे ।

केन्द्रीय सदस्य उमेश डालमियाले पछिल्लो समय उद्योगी, व्यापारी, व्यवसायीहरू आफ्नो व्यापार व्यवसायबाट पलायन हुदै गएको उल्लेख गर्दै यसमा उद्योग वाणिज्य सङ्घ र सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरी व्यवसायी पलायन रोक्नुपर्ने बताउ । साथै उनले निजी क्षेत्र आर्थिक वृद्धि र विकासको संवाहक भएकाले सरकारले व्यापार, व्यवसायीमा कर, राजस्व, ब्याजदर, मुद्रा तरलता, मौद्रिक नीतिमा सरकारले विशेष ध्यान दिनुपर्नेमा समेत जोड दिए ।

त्यस्तै भोजपुर जिल्ला प्रदेश क्षेत्र नं २ का सांसद एवं नेपाली काँग्रेसका जिल्ला सभापति मा। विनोद वान्तवाले सरकारले बनाउने आर्थिक नीति, मौद्रिक नीति नियममा निजी क्षेत्रको अपनत्वसँगै लगानीमैत्री एवं व्यापार व्यवसाय मैत्री नीति, नियम बनाउन आफूले पहल गरेको बताए । उनले, भोजपुर पर्यटन, उद्योग, कृषि, यातायात, विद्युत् लगायत जुनसुकै क्षेत्रमा सम्भावनायुक्त जिल्ला भयकाले यस क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आव्हान समेत गरे ।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले उद्योग वाणिज्य सङ्घले स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारसँग समन्वय गरी सङ्घीय संरचना अनुसार उद्योग वाणिज्य सङ्घलाई व्यापक रुपमा विस्तार गरी कार्य गर्न आग्रह गरे । साथै उनले नयाँ बन्ने कार्य समितिलाई त्रिवर्षीय योजना बनाई कार्य गर्न समेत सुझाए।

भोजपुर उद्योग वाणिज्य सङ्घका नि। वर्तमान अध्यक्ष तथा कोशी प्रदेश सदस्य धुव्र श्रेष्ठले आफ्नो कार्यकालमा उद्योग वाणिज्य सङ्घको भवन निमार्ण, कोभिड लगायत प्राकृतिक विपद्का बेला गरेको योगदानको चर्चा गर्दै उवासंघलाई आगामी दिनमा थप प्रभावकारी बनाउँदै लान आग्रह गरे । निर्वाचनको विकल्पमा समिति चयन गरी सङ्घलाई जिल्ला व्यापी बनाउन आग्रह गरे ।

अर्का निवर्तमान अध्यक्ष डम्बर श्रेष्ठले आफूले ६ वर्ष उद्योग वाणिज्य सङ्घको नेतृत्वमा रहेर गरेको कार्यले उद्योग वाणिज्य सङ्घ अहिलेको अवस्थामा आइपुगेको उल्लेख गर्दै आम उद्योगी, व्यापारी व्यवसायीमा उद्योग वाणिज्य सङ्घको आवश्यकता, महत्त्व तथा प्रभाव विकासका लागी थप कार्य गर्न नयाँ नेतृत्वलाई शुभकामना सहित सुझाव दिए । भोजपुरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कर्ण मोक्तानको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यहरू नरेन्द्र खड्का, उमेश डालमिया, गोकुल श्रेष्ठ, प्रयास कार्की, दीपक नेपाल, प्रदेश महासङ्घका कार्यसमिति सदस्यहरु, कोशी प्रदेशका ताप्लेजुङ पाँचथर, इलाम ,झापा, सुनसरी, मोरङ, संखुवासभा, तेह्रथुम, उदयपुर का जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रम हुनुभन्दा अघि नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा गएको उद्योग वाणिज्य सङ्घको टोली कोशी प्रदेश सरकार पर्यटन वर्ष २०८२ लाई सफल बनाउने अभियान अन्तर्गत भोजपुर जिल्लाको पर्यटकीय स्थल चखेवा, ट्यामके डाँडा लगायतका स्थानमा घुमफिर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्