काठमाडौं । पछिल्लो एक वर्षयता विश्वनै कोरोना भाइरस (कोभिड–१९) को त्रासमा बाँचिरहेको छ । अहिले कोरोनविरुद्ध विभिन्न खोपहरु प्रयोगमा आएका छन् र विश्व छिट्टै नै यो महामारीबाट मुक्त हुने अपेक्षा सबैको छ ।
तर, पछिल्लो समय कोरोना महामारीका कारण मृत्युका अन्य कारणहरु छायाँमा परेका छन् । अर्थात हाल कोरोना भाईरसलाई नै प्रमुख कारण मानिँदा एचआईभी एड्स, क्षयरोगलगायतका घातक रोगहरुको परिचर्चा नै पछि परेको छ ।
हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन २००० देखि २०१९ सम्मको जीवन छोटो बनाउने र जीवनको सीमा निर्धारण गर्ने विभिन्न कारणहरुको अध्ययन गरेको थियो । जसमा कोरोना भाइरसको प्रभाव नसमेटिएपनि जीवनको सीमा निर्धारण गर्ने र जीवन नै छोटो पार्ने अन्य कारणहरुको बारेमा विश्लेषण गरिएको थियो । उक्त प्रतिवेदनमा कोरोना महामारी अघिको विश्व जनस्वास्थ्यलाई दर्शाइएको छ ।
युनिसेफका अनुसार गत बर्षसम्म विश्वका केही देशहरु कोरोना महामारीसँगै दादुरा, पोलियो, क्षयरोगलगायतका घातक रोगहरुको शिकार बनिन्छ कि भनेर चिन्तित थिए । जसमा अफगानिस्तान, कंगो, सोमालिया, फिलिपीन्स, सिरिया, दक्षिण सुडानलगायतका देशहरु रहेका छन् ।
यस्तो रोगहरुमध्ये सबैभन्दा घातक मानिएको मुटुसम्बन्धी रोग एक हो । सन २०१९ मा विश्वभरका मृतक मानिसहरुको सूचीमा मुटुसम्बन्धी रोगीको सूची अग्रस्थानमा रहेको डब्लुएचओले उल्लेख गरेको छ । यो सूचीमा सन २००० को तुलनामा १६ प्रतिशतले वृद्धि देखिएको हो । सन २०१९ मा विश्वभर ८९ लाख मानिसहरु मुटुसम्बन्धी रोगका कारण मरेका थिए । सन २०१९ मा मानिसहरु मृत्यु हुनुको कारणमा सेमिक हर्ट डिजिज, हृदयघात, पल्मोनरी रोग तथा श्वासप्रश्वाससम्बन्धी रोगहरु प्रमुख रहेका छन् ।
यस्तै पुरुषहरुमा भने पाँचौ सबैभन्दा धेरै मृत्युको कारण फोक्सोको क्यान्सर रहेको थियो । तर, महिलाहरुमा भने यस्तो मृत्युको कारण अल्जाइमर र पागलपन प्रमुख हुन् । यस्तै महिलाहरुमा हुने मष्तिस्कसम्बन्धी समस्या र कम उमेरमै वा अपांगताका कारण हुने शारिरिक क्रियाकलापले पनि ठूलो असर पारेका बताइन्छ । यस्तो क्रियाकलापका कारण पुरुषको तुलनामा महिलाहरुको मृत्यु ७० प्रतिशतले बढी हुने डब्लुएचओको प्रतिवेदनमा उल्लेख छ ।
सन २००० देखि २०१९ सम्ममा विश्वका मानिसहरुको बाँच्ने म्याद ६ बर्षले बढेको छ । अर्थात सन २००० मा ६६ दशमलव ८ बर्ष रहेको मानिसहरुको उमेरहद बढेर सन २०१९ मा ७३ दशमलव ४ बर्ष पुगेको हो । तर उमेरहद र स्वस्थ जिवनबीच भने ठूलो खाडल रहेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै पछिल्लो १९ बर्षमा मानिसहरुमा हुने मधुमेह मात्रै ८० प्रतिशतले बढेको छ । यस्तै अल्जाइमर र पागलपन पनि झण्डै दोब्बरले बढेको प्रतिवेदनमा उल्लेख छ ।
तर, यो अवधिमा ओरालो लागेको समस्या भनेको एचआईभी मात्रै हो । यस अवधिमा एचआईभीको प्रकोप भने विश्वभर ५० प्रतिशतले ओरालो लागेको छ । यो अब मानिस मृत्यु हुनुको प्रमुख १० कारणबाट पछि पर्दै गएको छ । यसका कारण हुने मृत्युमा पनि पछिल्लो १९ बर्षमा ५५ प्रतिशतको गिरावट आएको छ । वल्र्ड ईकोनोमिक फोरमबाट अनुवादित
मृत्युका प्रमुख कारणहरु :
