Logo

सरकारबाट बाहिरिने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता

सरकारबाट बाहिरिने एमालेको निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता



काठमाडौं । राष्ट्रपति चुनावसम्म सरकार नछाड्ने बताएको नेकपा एमालेले सरकार छाड्ने निर्णय गरेको छ । पछिल्लो समय एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुप्रति गरेको व्यवहारको भत्र्सना गर्दै पार्टीले सरकार छाड्ने निर्णय गरेको एमालेका नेता एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

laxmi

एमालेको सोमबार बसेको केन्द्रिय सचिवालय बैठकले उक्त निर्णय गरेको हो । यस्तै सरकारलाई दिएको समर्थनसमेत एमालेले फिर्ता लिएको पौडेलले बताए । यो निर्णय संघीय सरकारका लागि मात्रै भएको र प्रदेश सरकारका लागि निर्णय नभईसकेको एमालेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL