Logo

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, मन्त्रीहरु धमाधम बालुवाटार पुग्दैं

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक, मन्त्रीहरु धमाधम बालुवाटार पुग्दैं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । ओलीले बिहान साढे १० बजेका लागि बैठक बोलाएपछि अहिले मन्त्रीहरु बालुवाटार पुग्दैछन् ।

laxmi

हरेक हप्ताको सोमबार र विहिबार नियमितरुपमा मन्त्रिपरिषद बैठक बस्ने गरे पनि सोमबार बसेको थिएन । सोमबार नबसेको बैठक अहिले बस्न लागेको र आजको बैठकमा समसामयिक विषयमा छलफल गरिने एक मन्त्रीले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको थियो । गणपूरक संख्या नपुगेपछि साँझ ५ बजे बस्नेगरि बैठक स्थगित गरिएको छ ।

यसअघि आइतवार बैठक बोलाइएपनि गणपूरक संख्या नपुगेपछि बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
MBL