Logo

‘सर्कुलर ट्रेड’ र ‘पम्प एण्ड डम्प’को मारमा सेयर बजार, बजारमा आफ्नै ब्रोकर हुने ठूला लगानीकर्ताको चलखेल

‘सर्कुलर ट्रेड’ र ‘पम्प एण्ड डम्प’को मारमा सेयर बजार, बजारमा आफ्नै ब्रोकर हुने ठूला लगानीकर्ताको चलखेल



काठमाडौं । पछिल्लो समय उच्च रुपमा बढेको सेयर बजार ‘सर्कुलर ट्रेड’को मारमा परेको छ । दैनिक उच्च रुपमा बढ्दै नेप्से परिसूचक २१ सय अंकमाथि पुग्दा सीमित साना कम्पनीको मात्रै सेयर बढेको तर, बजारलाई प्रतिनिधित्व गर्ने बैंकिङ समुहलगायतका कम्पनीको सेयर मूल्य नबढ्दा बजारमा सर्कुलर ट्रेड हुन थालेको सम्बद्ध लगानीकर्ताहरुले बताएका छन् ।

laxmi

बजारमा सेयर कर्नरिङ गरेर केही ठूला लगानीकर्ताहरुले सीमित कम्पनीको मूल्य बढाउने खेलमा सर्कुलर ट्रेडिङ गर्दै आएको एक लगानीकर्ताले बताए । ‘अहिले विशेष गरी आ–आफ्नै ब्रोकर भएका ठूला लगानीकर्ताहरु एक आपसमा सर्कुलर ट्रेडिङ गरिरहेका छन्,’ ती लगानीकर्ताले भने, ‘आ–आफ्नै ब्रोकर भएका लगानीकर्ताबीच सर्कुलर ट्रेड गरेर मूल्य बढाउँदा नियामक निकायलाई तिर्नुपर्ने बाहेककको अन्य कमिशन तिर्नुपर्दैन । तर, एक आपसमा कारोबार गरिने सेयरको मूल्य भने बढिरहेको हुन्छ ।’

हाल त्यसरी एक आपसमा मूल्य बढाउँदै लगानीकर्ताहरुले सेयर पम्प एण्ड डम्प गरिरहेको र त्यस्ता लगानीकर्ताहरु बाह्य लगानीकर्ता आउने वित्तिकै आफुसँग भएको सेयर बिक्री गरेर निस्कने गरेको समेत उक्त स्रोत दावी छ । ‘उदाहरणका लागि ए भन्ने आफ्नै ब्रोकर भएको लगानीकर्ताले बी भन्ने लगानीकर्ताको ब्रोकरबाट सेयर खरिदबिक्री गर्छ भने बीले एबाट खरिदबिक्री गर्छ,’ एक सेयर विश्लेषकले भने, ‘उनीहरु लगानीकर्ताबीच आआफ्नै ब्रोकरबाट सेयर खरिदबिक्री गरेर मूल्य बढाउँछन् तर नियामक निकायबाहेक एक आपसमा तिरिने कमिशन तिर्नु पर्दैन ।’ साथै त्यसरी मूल्य बढाउँदा बजार घट्दा पनि उनीहरुलाई कुनै असर नपर्ने र उक्त समयमा त्यस्ता कम्पनीको सेयरमा जो प्रवेश गर्छ सोही व्यक्ति फस्ने सम्भावना उच्च रहेको समेत ती विश्लेषकको भनाई थियो ।

पछिल्लो समय आफ्नै ब्रोकर कम्पनी भएका सीमित लगानीकर्ताहरु सर्कुलर ट्रेडिङमा लाग्दा समग्र बजारको विस्तारभन्दा पनि सीमित कम्पनीहरुको सेयर मूल्य मात्रै अस्वभाविक रुपमा बढेकोे सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले सर्कुलर ट्रेड गर्ने लगानीकर्ताहरु साल्ट ट्रेडिङ, विशाल बजार, नेपाल रिइन्स्योरेन्स, नेपाल टेलिकम, शिवमजस्ता कम्पनीको सेयर सर्कुलर ट्रेड गर्दै पम्प एण्ड डम्पको अवस्था नजिक पुग्न लागेका छन्,’ ती लगानीकर्ताले भने, ‘सर्कुलर ट्रेड भइरहेका त्यस्ता सेयरमा जब बाह्य लगानीकर्ताको प्रवेश हुन्छ उनीहरुले आफुले उठाएका सेयर बिक्री गरेर बाहिन्छन ।’ सर्कुलर ट्रेड गर्ने लगानीकर्ताहरुले कुनै पनि कम्पनीको सेयर मूल्य उच्च विन्दुमा पुर्याएर बाहिरिदा सोझासीधा लगानीकर्ता फस्ने गरेको समेत बोर्ड स्रोतको दाबी छ ।

यसैगरी नियामक निकाय धितोपत्र बोर्डले पनि बजारमा पछिल्लो समय सेयर कर्नरिङका साथै सर्कुलर ट्रेड भैरहेको भन्दै सो विषयमा सम्पूर्ण लगानीकर्ताहरु सजक रहनुपर्ने बताएको छ । ‘अहिलेको बजारको कारोबारको अवस्था हेर्दा कतिपय लगानीकर्ताहरु सर्कुलर ट्रेड गर्दै पम्प एण्ड डम्पको अवस्था नजिक पुगिसकेका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘यस्तो अवस्थामा ती कम्पनीको सेयर जो लगानीकर्ता प्रवेश पस्छन् उनीहरुले फस्ने सम्भावना उच्च रहन्छ ।’ त्यसैले पनि नेप्से परिसूचक उच्च बढ्दा पनि लगानीकर्ता सचेत तथा सजक गराउनु परेको बोर्ड स्रोतको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL