Logo

चुनावको नाममा अध्यक्ष राणाले आर्थिक हिनामिना गरेपछि महासंघमा भाडभैलो, कोषाध्यक्षले चेक बोकेर हिडेपछि कर्मचारीलाई दबाब

चुनावको नाममा अध्यक्ष राणाले आर्थिक हिनामिना गरेपछि महासंघमा भाडभैलो, कोषाध्यक्षले चेक बोकेर हिडेपछि कर्मचारीलाई दबाब



काठमाडौं । पटक पटक पदको दूरुपयोग गर्दै नेपाल उद्योग वाणिज्य महासंघलाई विवादमा फसाउँदै आएका महासंघ अध्यक्ष भवानी राणाले चुनाव नजिकिँदै गर्दा अर्को आर्थिक चलखेलको खेल रचेकी छिन् । नेपाल कृषि उद्यम केन्द्रको अनिमियता देखि महासंघकै खर्चको लेखाजोखा राख्न नसकेको आरोप लागेको अध्यक्ष राणाले महासंघलाई आर्थिक भार थुपार्ने गरी पहिलो पटक जिल्ला अध्यक्षहरुलाई पाँच तारे होटलमा राख्नेभन्दै आर्थिक नियमावली विपरित एउटा होटलसँग मात्रै कोटेशन लिएर ठूलो रकम हिनामिना गर्न लागेको महासंघ उच्च स्रोतले जानकारी दिएको छ ।

यस अघिका निर्वाचनमा महासंघले अधिवेशनको दिन सदस्यहरुलाई खाजा तथा खाना खुवाउने काम गर्दै आएपनि यस पटक भने जिल्ला अध्यक्ष तथा प्रतिनिधिलाई साधारणसभाभर होटलमा राख्दै मदिरा सेवन गराउने भन्दै अध्यक्ष राणाले महासंघको निर्णय विपरित कोटेशन लिएर उक्त कामको जिम्मा दिन सचिवालयलाई दबाब दिन थालेकी छन् । ‘महासंघको इतिहासमा अहिलेसम्म महासंघले आफ्नै खर्चमा जिल्ला अध्यक्ष तथा प्रतिनिधिलाई होटलमा राखेको थाहा छैन,’ महासंघ स्रोतले भन्यो, ‘तर यस पटक भने अध्यक्ष राणाले एक पक्षलाई सहयोग गर्ने नाममा पदको दुरुपयोग गर्दै जिल्ला अध्यक्ष तथा प्रतिनिधिलाई पाँच तारे होटलमा राख्नेभन्दै एउटा होटलसँगमात्र कोटेशन लिएर आर्थिक हिनामिना गर्न लाग्नु भएको छ ।’

प्रधानको खर्च बचाउने नाममा भवानी राणाले पदको दुरुपयोग गर्दै होटल बुक गर्दा महासंघलाई करोडौंको आर्थिक भार पर्ने समेत महासंघ स्रोतको भनाई छ । ‘अहिले अध्यक्षज्यूले पदाधिकारी तथा कार्यसमितिमा कुनै सरसल्लाह नगरी एक पक्षलाई मात्रै सहयोग पुग्नेगरी जिल्ला अध्यक्ष र प्रतिनिधिलाई एभरेष्ट होटलमा राख्नेगरी कोटेशन मागिएको छ,’ महासंघ उच्च स्रोतले भन्यो, ‘अहिले कोटेशन आएको आधारमै हेर्ने हो भने पनि महासंघको करोडभन्दा माथि खर्च हुने देखिएको छ ।’
यस अघिको महासंघमाको साधारणसभामा खर्च कटौती गर्नेभन्दै कुपन बाडेर जाखा तथा खाना खुवाउँदै आएको महासंघले अहिले आएर विना सरसल्लाह एकतर्फी जिल्ला अध्यक्ष तथा प्रतिनिधि राख्नेभन्दै ठूलो रकम खर्च गरेर होटल बुक गर्नु एकदमै लजास्पद विषय भएको महासंघका एक सदस्यले जानकारी दिए ।

यस विषयमा बुझन खोज्दा महासंघका कोषध्यक्ष निरक केसीले पनि अध्यक्ष राणाले कार्यसमितिको निर्णय विना महासंघको आर्थिक विनियमावली विपरित होटल बुकिङको नाममा आर्थिक हिनामिना गर्न लागेको बताए । ‘महासंघको इतिहासमा अहिलेसम्म जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुलाई महासंघ आफैले होटल बुक गराएर राखेको छैन,’ उनले भने, ‘तर अहिले अध्यक्ष राणाले कोभिडको महामारीको समयमा पनि सबै जनालाई एउटै होटलमा राख्ने भनेर एकलौटी रुपमा एउटै कोठाको ८ हजार रुपैयाँभन्दा बढी तिरेर कोठाहरु बुक गर्दै हुनुहुन्छ ।’ अध्यक्ष राणाले कोठा बुकिङको नाममा ठूलो रकम हिनामिना गर्न लागेको थाहा पाएपछि महासंघको बैंक खाता रहेको सम्पूर्ण चेक आफैले बोकेर हिडेको समेत उनले जानकारी दिए ।

कोषाध्यक्ष केसीले अध्यक्षले गर्न लागेको कामको विरुद्धमा महासंघको बैंक खाता भएको सम्पूर्ण चेक आफैले लिएर हिडेपछि राणाले अहिले जसरी पनि उक्त काम गर्न महासंघ सचिवालयलाई दबाब दिन थालेको समेत महासंघ स्रोतले जानकारी दिएको छ । ‘अहिले महासंघका काम गर्ने अधिकार पशुपति मुरारका, शेखर गोल्छा र मलाई मात्रै छ केसीले बिरोध गर्दैमा केही हुँदैन त्यसैले होटल बुकिङका लागि तुरुन्तै पत्र पठाउनु,’ अध्यक्ष राणाको भनाई उद्धृत गर्दै महासंघ स्रोतले भन्यो । साथै अध्यक्षको उक्त दबाब पछि कर्मचारीहरुलाई समेत काम गर्न समस्या भएको महासंघ स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL