Logo

विराटनगर नाकाबाट भित्रन थाल्यो पेट्रोल, हालसम्म २५ ट्याङ्कर भित्रिए

विराटनगर नाकाबाट भित्रन थाल्यो पेट्रोल, हालसम्म २५ ट्याङ्कर भित्रिए


बिजखबर संवाददाता
0
Shares

विराटनगर नाकाबाट सोमबार पेट्रोलिय पदार्थ नेपाल भित्रन थालेको छ । केही बेर अघिसम्म २५ ट्यांकर पेट्रोलियम भित्रिएको आयाल निगमले जानकारी दिएको छ ।

petrol-tanker-nepal

विराटनगरमा नाका केही शान्त भएपछि भारतीय पक्षले पेट्रोलियमका गाडीलाई प्राथमिकता दिएर छाडेको हो । तर, वीरगञ्ज र भैरहवा अवरोधका कारण कडाइ गरिएको छ । आइतबारे नेपाली र भारतीय पक्षबीच भएको वार्तापछि नाकामा केही खुकुलो गर्दै भारतले पेट्रोलियम छाडेको समाचार स्रोतले जानकारी दिएको छ ।
सोमबार दिउँसो सम्ममा १४ ट्यांकर डिजेल, ११ ट्यांकर पेट्रोल, र ३ बुलेट ग्यास भित्रिएका छन् । भारतीय पक्षले सोमबारै केही मालवाहक कन्टेनर पनि छाडेको छ । ती कन्टेनरमा फलफुल, तराकारी तथा अन्य कुहिने खाद्यान्न रहेका छन् ।

भारतीय नाकाबन्दीपछि बिराटनगर नाकामा हजारौं मालवाहक ट्रकहरु अलपत्र परेर बसेका छन् भने पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करहरुको पनि लामो लाइन रहेको छ । विरगञ्ज र भैरहवा नाकामा पनि हजारौं मालवाहक ट्रकहरु अलपत्र परेर बसेका छन् । महिनौ दिनसम्मको बन्दका कारणले कतिपय सामानहरु विग्रीसकेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL