Logo

चार दिनदेखि एनओसीको सेवा अवरुद्ध, विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिए

चार दिनदेखि एनओसीको सेवा अवरुद्ध, विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिए



काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिएका छन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै दिनभर नाराबाजी गरेका हुन् ।

laxmi

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको हातामा रहेको एनओसी शाखाले गत बिहीबारदेखि सर्भर डाउन भएर सेवा अवरुद्ध विद्यार्थी चार दिनदेखि धाउँदा पनि पत्र नपाएको भन्दै आक्रोशित विद्यार्थीले नाराबाजी गरेका हुन् ।

वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीले गत शुक्रबार बिहान ६ बजे सर्भर डाउन भएको, सेवा अवरुद्ध भएको र सर्भर बन्ना साथ सेवा सुरु हुने उल्लेख गर्दै सूचना टाँस गरेपछि अझै सेवा सुरु भएको छैन । भिसाको तयारीमा रहेका र भिसा लागेर उडानको समय नजिकिएका विद्यार्थी नो अब्जेक्सन लेटर पाउन नसक्दा मारमा परेका छन् । विद्यार्थीले चार दिनसम्म पनि सर्बर बनाउन नसक्नु कार्यालय र मन्त्रालयको लापरबाही भएको आरोप लगाएका छन् ।

डाटा भरिएर सर्बर डाउन भएको भन्दै कार्यालयका प्रमुख शान्तिराम पौडेलले कम्प्युटरको हार्ड डिक्स परिवर्तन गर्न खोज्दा पहिलाको सबै डाटा हराउँदा ती सबै डाटालाई रिकभर गर्न समय लागेको बताए । उनले सर्भर खोल्ने प्रयास भइरहेको बताउदै खोल्ने वित्तिकै सेवा दिइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
MBL