Logo

एक वर्षमा १ लाख २२ हजार विद्यार्थीले लिए एनओसी, सरकारले उठायो २५ करोड राजस्व

एक वर्षमा १ लाख २२ हजार विद्यार्थीले लिए एनओसी, सरकारले उठायो २५ करोड राजस्व



काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख २२ हजार नेपाली विद्यार्थीले अध्ययन अनुमति पत्र (एनओसी) लिएका छन् । शिक्ष विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत आर्थिक बर्षको साउनदेखि असार मसान्तसम्म उक्त संख्यामा विद्यार्थीहरुले विदेश पढ्न जानका लागि एनओसी लिएका हुन् ।

laxmi

यसरी विद्यार्थीले विदेश पढ्न जान अनुमति लिएसँगै सरकारको राजस्वमा पनि यसले योगदान पुर्याएको देखिएको छ । मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षमा एनओसी वितरणबाट मात्र २५ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ ।

यसैगरी, यसबाट बैंक तथा वित्तीय संस्था, नोटरी पब्लिक, सीए, भिएफएस, हस्पिटल र कन्सल्टेन्सीले पनि उल्लेख्य रूपमा राजस्व आर्जन गरेको पाईएको छ । हाल कन्सल्टेन्सीबाट प्रतक्ष २० हजार जनाले रोजगारी पाएका छन् । पछिल्लो समय विदेशीने नेपाली विद्यार्थीको संस्था उल्लेखिय रुपमा बढेको छ । यसले सरकारको राजस्व लगायत रेमिट्यान्समा पनि वृद्धि हुने देखिन्छ ।

विदेश जाने विद्यार्थीको संख्या बढ्न थालेसंगै पछिल्लो समय विदेश पठाउने कन्सलटेन्सीको संख्यामा पनि वृद्धि भएको देखिन्छ । नेपाली अभिभावकको परिवर्तित सोचको मूल कारण नेपाली शिक्षा पद्धति, रोजगारीको व्यवस्था र व्यवसायिक वातावरण कारण विद्यार्थी बाहिर जान आर्कषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL