Logo

१ लाख पुग्यो कोरोना जित्नेको संख्या, आजै ३ हजार २१५ जना डिस्चार्ज

१ लाख पुग्यो कोरोना जित्नेको संख्या, आजै ३ हजार २१५ जना डिस्चार्ज



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या एक लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार २ सय १५ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ लाख २ हजार ८ सय २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार आज थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।
आजसम्म सक्रिय संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL