Logo

मंगलबार थपिए कोरोनाका ३ हजार ९३ संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो

मंगलबार थपिए कोरोनाका ३ हजार ९३ संक्रमित, सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ पुग्यो



काठमाडौं । मंगलबार थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ।

आजै २ हजार १ सय ८ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६ सय ९ जना पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ७५ रहेको मन्त्रालयले जनाएको छ। थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार ८ सय बढीको पिसिआर परीक्षण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL