Logo

विश्व तेल बजारमा दोस्रो चरणको संकट, कोरोनाका कारण अपेक्षा गरेभन्दा बढी क्षति

विश्व तेल बजारमा दोस्रो चरणको संकट, कोरोनाका कारण अपेक्षा गरेभन्दा बढी क्षति



काठमाडौं । गत हप्ताभर अनियन्त्रित तेलको व्यापारसँगै शुक्रबार पुनः तेलको मूल्य ओरालो लागेको छ । कच्चा तेलको बेन्चमार्क वेस्ट टेक्सास ईन्टरमिडियट (डब्लुटीआई) बाट पनि तेलको मूल्यमा आएको कमीलाई देख्न सकिन्छ । आईएमफएफ आईईए र ओपेकको सोहीअनुसारको प्रतिवेदनले समेत सो कुराको उल्लेख गरेको छन् ।

laxmi

विश्वका धेरै विज्ञहरुले विश्व अर्थतन्त्रलाई नै स्थिर बनाउन र तेलको मूल्यलाई स्थिर बनाउन विभिन्न पहलहरु अघि बढाएका थिए । तर, अझै तेलको मूल्य ओरोलो लागेपछि उक्त पहललाई अझै जोड दिनुपर्ने बेला आएको बताईएको छ ।

विभिन्न देशका सरकारहरुले कोरोना महामारी र अर्थतन्त्रलाई सही बाटोमा लगाउने उद्धेष्यले गरिएका विभिन्न कदमहरु बढाए । उक्त कदमसँगै स्टिमुलस प्याकेजको पनि व्यवस्था गरियो जसमार्फत बन्द भएका उद्योगधन्दादेखि कलकारखानाहरु खुलाउने उद्धेष्य थियो । तर, हाल विश्व अर्थतन्त्रलाई अन्य थप प्याकेजहरुको आवश्यकता पर्ने भईसक्यो । र विभिन्न वस्तुको मूल्यमा पनि थप संकुचन हुँदै गएको छ ।

विभिन्न युरोपियन राष्ट्रहरुले कोरोना भाईरसको संक्रमण बढेसँगै कर्फयु र लकडाउनलगायत लागु गर्दा उर्जा बजारले अनुमान गरेभन्दा बढी नै नोक्सान वेहोर्नुपर्यो ।

विश्वको तेस्रो सबैभन्दा बढी तेल उपयोगकर्ता मानिएको भारतमा कोरोना संक्रमण दर अमेरिकाभन्दा माथि पुग्न लागेको छ । आगामी हप्ता यो दर अझै बढ्ने बताईन्छ । विश्लेषकहरुले गत महिनाको अन्तिम हप्ता ४ लाख व्यारल तेल निकासी हुने अनुमान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL