वीरगंजबाट २३ किलो सुन बरामद, अभियुक्तको खोजी कार्य जारी


बिजखबर संवाददाता
17 October, 2020 3:33 pm

gold-price-in-nepal

काठमाडौं । शनिबार पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ । नेपाल प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टबाट छापा मारेर २३ किलो सुन बरामद गरेको हो । प्रहरीका अनुसार सुन राख्ने व्यक्तिको भने खोजी भइरहेको छ ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा केहि नखुलेको पर्साका डीएसपी नवजित कुँवरले बताए ।

Nabil_Bank

अनुसन्धान सुरु भइसकेको र सुन राख्ने व्यक्ति छिटै पक्राउ पर्ने कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्