Logo

महासंघको निर्वाचन मंसिर १३ गते मात्रै, महासंघको आफ्नै भवन सहित ३ ठाँउमा मतदान हुने

महासंघको निर्वाचन मंसिर १३ गते मात्रै, महासंघको आफ्नै भवन सहित ३ ठाँउमा मतदान हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन तथा वार्षिक साधारण सभा मंसिर ११ देखि १३ गतेसम्म हुने भएको छ ।

laxmi

यस अघि महासंघ कार्यसमितिले मंसिर ११ र १२ गते काठमाडौंमा ५४ औं साधारणसभा तथा निर्वाचन गर्ने भनेकोमा आज एक सूचना प्रकाशित गरी १ दिन थप थप गर्दै मंसिर ११ देखि १३ गतेसम्म गर्ने निर्णय गरेको हो ।

सूचना अनुसार उद्घाटन कार्यक्रम भर्चुअ अनलाईनबाटै मंसिर ११ गते अपरान्ह ४ बजेदेखि सुरू हुनेछ ।

यसैगरी कात्तिक १२ गते बन्द सत्र हुनेछ भने १३ गते मात्रै निर्वाचन हुने भएको छ । कोरोनाका कारण स्वास्थ्य मापदण्ड अपनाउँदै ३ स्थानमा निर्वाचन गरिने भएको छ । महासंघले जिल्ला तथा नगर, बस्तुगत र एशोसिएट्स गरी ३ स्थानमा मतदान गर्न लागेको हो ।

महासंघले आफ्नै भवन टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल गरी तीन स्थानमा निर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL