Logo

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । गत सोमबार कोरोना परिक्षण गर्दा रोपोर्ट नेगेटीभ आएको उनलाई शुक्रबार ज्वरो आएर आज परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

उनले आफ्नो फेसबुकमार्फत आफुलाइ पुष्टि भएको बताएका हुन् । अघिल्लो पटक कोरोना नेगेटिभ आएको बेलामा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी भएको समेत उनले बताएका छन् ।

उनले हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको बताएका छन् । यस्तै उनले आफुसँग सम्पर्कमा रहेका प्रायलाई कोरोना परिक्षण गरी ढुक्क हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL