Logo

बुधबार थपिए कोरोनाका १५५९ संक्रमित, सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुग्यो

बुधबार थपिए कोरोनाका १५५९ संक्रमित, सक्रिय संक्रमितको संख्या २० हजार ८९१ पुग्यो



काठमाडौं । बुधबार देशभर थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्।

laxmi

यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको छ।

यस्तै आजै मात्रै १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म देशभर ५६ हजार ४ सय २८ जना कोरोनाबाट निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको मन्त्रालयको भनाई छ ।
यस्तै पछिल्लो २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ४ सय ९८ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL