प्रधानमन्त्रीका निजी चिकित्सक डा. सिंहलाई कोरोना संक्रमण, बसिन होम आइसोलेसनमा


बिजखबर संवाददाता
27 September, 2020 1:16 pm

dibya_sing_shah

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा दिव्या सिंह शाहलाई शनिबार कोरोना संक्रमण पुष्टि भएको छ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डिननसमेत रहेकी शाहलाई कोरोनाको लक्षण देखिएपछि शिक्षण अस्पतालको ल्याबमा पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको हो।

Nabil_bank

पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनी अहिले होम आइसोलेसनमा छन् । शाहले यसबीचमा आफूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट नगरेको बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्