Logo

डब्लूएचओका प्रमुख भन्छन-कोभ्याक्स विकासमा ३ अर्ब डलर लगानी भइसक्यो,अझै ३५ अर्ब डलर चाहिन्छ

डब्लूएचओका प्रमुख भन्छन-कोभ्याक्स विकासमा ३ अर्ब डलर लगानी भइसक्यो,अझै ३५ अर्ब डलर चाहिन्छ



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओले) कोरोना भाइरसको खोप कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विकास र उत्पादनका लागी तीन अर्ब लगानी पर्याप्त नभएको र उक्त खोपको विकासका लागी अझ ३५ अर्ब आवश्यक रहेको जनाएको छ ।

कोरोना भाइरसविरुद्व कोभ्याक्स निकै प्रभावकारी देखिएको कारण र उक्त खोप सम्पूर्ण धनी तथा गरिब मुलुकका लागी सस्तो रकममा उपलब्ध हुने कारण यसको विकास र उत्पादनमा डब्लूएचओले जोड दिएको हो ।

केही ठूला राष्ट्रहरुले उक्त खोपको विकासका लागी रका सहयोग गरेको छ । तर, उक्त रकम पर्याप्त नभएको जनाइएको छ । कोरोना खोप विकास भएमा उक्च खोपलाई गरिब मुलुकमा सजिलै प्रदान गर्ने योजना डब्लूएचओको रहेको छ ।

विश्व नै कोरोना भाइरसले त्रसित हुँदा ठुला राष्ट्रहरुले गरेको सहयोग निकै कम देखिएको छ । कोरोना भाइरसमा गरिएको लगानी एक अनुदान मात्र नभइ यो सम्पूर्ण विश्वको लागी भएको कारण ठूला राष्ट्रलाई गम्भीर रुपमा प्रस्तुत हुन डब्लूएचओ आग्रह रहेको छ । कोभ्याक्सका विकासका लागी तुरुन्तै १५ अर्ब चाहिएको डब्लूएचओका प्रमुखले बताएका छन् । प्रमुखका अनुसार कोभ्याक्स तयारी अवस्थामा रहेको र यसको २ अर्ब डोज अर्का बर्षको अन्तयसम्म आउने जनाएका छन् । एजेन्सी,

प्रतिक्रिया दिनुहोस्
MBL