Logo

भारतद्वारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रुपैयाँ वराबरको १० थान भेन्टिलेटर सहयोग

भारतद्वारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रुपैयाँ वराबरको १० थान भेन्टिलेटर सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । भारतले नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ । मित्रराष्ट्र भारतले आईतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदुत विनय मोहन क्वात्राले प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालाई दश थान भेन्टिलेटर हस्तान्तरण गरेका हुन ।

laxmi

कोभिड १९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी कोभिड(१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग पुर्याउ्ने उद्देश्यले भारतद्धारा नेपाली सेनालाई दुई करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटरहरु उपलब्ध गराएको हो ।

प्रधानसेनापति महारथी थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL