Logo

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, कालापानी-लिपुलेकको मुद्धामा बैठक केन्द्रित

नेकपा स्थायी कमिटी बैठक सम्पन्न, कालापानी-लिपुलेकको मुद्धामा बैठक केन्द्रित



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज दोस्रो दिनको बैठक सम्पन्न भएको छ । पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संचालन भएको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आआफ्नो धारणा राखेका थिए । जसमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।

laxmi

सरकारले पहल गरेपनि भारतले भने वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको उनले जानकरी दिए । उनका अनुसार अब सरकारले जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरेका छन् । उनले बैठकमा चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको समेत स्पष्ट पारेका छन् । चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको समेत उनले बताए ।

बैठकमा लीलामणि पोखरेल,मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी बोलेका थिए । नेकपा स्थायी कमिटीको अर्को बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL