Logo

नेकपा स्थायी कमिटी बैठक संचालनको जिम्मा प्रचण्डलाई, प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटी बैठक संचालनको जिम्मा प्रचण्डलाई, प्रधानमन्त्री ओली अनुपस्थित



काठमाडौं । नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डलाई दिईएको छ । शुक्रबारको बैठकमा पार्टी अध्याक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपश्थित भएपछि संचालनको जिम्मा महासचिव विष्णु पौडेल र प्रचण्डलाई दिईएको हो ।

laxmi

प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका स्रोतले बताएको छ ।

बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ। सरकार र पार्टीमा कामको समीक्षासहित अधिकांश एजेण्डा प्रधानमन्त्री ओलीसँग सम्बन्धित छन् । तर ओली भने सदस्यहरूका धारणा सुन्ने बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL