Logo

कोरोना महामारीको प्रभाव विश्व व्यापारमा, दोस्रो चौमासिकमा १८ प्रतिशतको गिरावट

कोरोना महामारीको प्रभाव विश्व व्यापारमा, दोस्रो चौमासिकमा १८ प्रतिशतको गिरावट



काठमाडौं । कोरोनाभाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ ।

laxmi

संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८ दशमलव ५ प्रतिशतले कमी आएको छ ।

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोनाभाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL