Logo

आगामी आवको बजेट : कोरोना प्रभावितका लागि आर्थिक प्याकेज, कर्मचारीको तलब नबढ्ने

आगामी आवको बजेट : कोरोना प्रभावितका लागि आर्थिक प्याकेज, कर्मचारीको तलब नबढ्ने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट आज प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा युवराज खतिवडाले आज अपराह्न बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दैछन् । अर्थमन्त्री खतिवडाले बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित, कृषि, रोजगारी, ऊर्जा तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखेका छन् ।

laxmi

कोरोना महामारी र यसबाट सृजित संकटलाई सम्बोधन गर्नेगरी ल्याउन लागिएको बजेटमा स्वास्थ्य पूर्वाधार, रोजगारी सृजना, कृषि र प्रविधिको क्षेत्रमा केही नयाँ कार्यक्रमसहित सार्वजनिक हुनेछ ।

योजना आयोगले अर्थ मन्त्रालयलाई करिब साढे १७ खर्ब रुपैयाँको बजेटको सिलिङ तोकिदिए पनि करिब १६ खर्बको हारहारीको बजेट आउनसक्ने बताइएको छ । बजेट निरन्तरता दिनैपर्ने कार्यक्रम, सामाजिक सुरक्षा, कर्मचारीको तलब तथा पेन्सनलगायत अनिवार्य दायित्वका क्षेत्रमा केन्द्रित हुनेछ ।

बजेटमा गरिब, विपन्न र आर्थिक रूपमा सक्रिय वर्गका लागि राहत, छुट तथा सहुलियतको प्याकेज समावेश गरिने छ । यस वर्ष कर्मचारीको तलब बढ्ने छैन । बरु दोहोरो सुविधा लिनेमाथि निगरानी गरिने छ ।

अर्थमन्त्री खतिवडाले चालु आवका १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याए पनि खर्च गर्न नसक्ने भएपछि १३ खर्ब ८५ अर्ब रुपैयाँ मात्रै खर्च हुने मध्यावधि समीक्षामार्फत संशोधन गरिएको छ । सबै अत्यावश्यकबाहेकका प्रशासनिक खर्च कटाइएका छन् ।

नयाँ, ठूला र महत्वाकांक्षी कार्यक्रम घोषणा नहुने र स्वास्थ्य पूर्वाधार विस्तार, रोजगारी सृजना, आयोजनाको पुनः प्राथमिकीकरण, आर्थिक पुनरुत्थानका कार्यक्रम, कृषिमा यन्त्रीकरण, कर तथा कर छुटलगायत विषयमा बजेट केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL