Logo

इश्वरको निर्णयमा शंकरको आपत्ति, उपत्यका छाड्न चाहनेलाई घर पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार

इश्वरको निर्णयमा शंकरको आपत्ति, उपत्यका छाड्न चाहनेलाई घर पुर्याइदिने निर्णयबाट पछि हट्यो सरकार



काठमाडौं । लकडाउनका कारण राजधानी बाहिरको आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो ।

यस अघि उक्त समितिले शुक्रबार र शनिबार उपत्यका छाडेर घर जना चाहने जनतालाई आफ्नो घरसम्म पुर्याईदिने निर्णय गरेको थियो । तर, ५ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले केन्द्रिय सरकारले पठाएपनि आफ्नो प्रदेशमा छिर्न नदिने बताएपछि सरकार आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएको हो ।

‘काठमाडौंबाट बाहिर जान दिने बाहिरबाट जान नदिने कुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउन नै बरु बेखर्चीलाई राहत देउ,’ ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो फेसबुकमार्फत भनेका छन्, ‘प्रदेश ५ मा जो जहाँ छौं त्यहिँ बसौं समस्या भए वडा कार्यालयमा सम्पर्क गरौं । ३ गतेपछि सिमित मात्रामा ठाउँ हेरी आउजाउ खोल्न सकिन्छ । धैयै गरौं ।’

५ नम्बर प्रदेशको मुख्य मन्त्री शंकर पोखरेलको उक्त चुनौतीपछि उच्च स्तरीय समितिका संयोजक इश्वर पोखरेल शुक्रबार र शनिवार काठमाडौंबाट प्रवेश गर्न नपाईने तर काठमाडौंबाट बाहिर जान खुला गरिएको भन्ने मिडियामा आएका समाचार गलत भएको र सो सम्बन्धमा कुनै निर्णय नभएको भन्दै विज्ञप्ती जारी गरेका छन् । यस विषयमा कुनै निर्णय नभएको र कोरोनाको संक्रमणबाट राष्ट्रलाई बचाउनुपर्ने आवश्यकतालाई गम्भीरता पूर्वक महशुस गरी लकडाउनलाई जारी राखिएको प्रधानमन्त्रीको सम्बोधन अनुरुप जारी नै राखिएको बताएका छन् ।

तर यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यका बाहिर जान चाहनेहरुलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने बिहीबार दिउँसो बसेको बैठकले निर्णय गरेको सार्वजनिक भएको थियो । तर उक्त निर्णयप्रति भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेवाङले पनि आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL