Logo

कालिमाटी तरकारी बजार आजदेखि बन्द, अब तरकारी काठमाडौंका ११ स्थानबाट किन्न सकिने

कालिमाटी तरकारी बजार आजदेखि बन्द, अब तरकारी काठमाडौंका ११ स्थानबाट किन्न सकिने



काठमाडौं । कालिमाटी तरकारी बजारमा भीड बढेपछि सरकारले आजदेखि कालीमाटी तरकारी बजार बन्द गरेर विभिन्न ११ ओटा स्थानबाट तरकारी विक्रीवितरण सुरु गरेको । खुद्रा पसले तथा तरकारी पसलहरुले कालिमाटी बजारबाट तरकारी लिन आउने हुँदा त्यहाँ भीड हुने गरेको र यसको नियन्त्रणका लागि काठमाडौंका ११ ओटा स्थानबाट तरकारी विक्रीवितरण थालिएको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले जानकारी दिए ।

laxmi

उनका अनुसार काठमाडौंका रत्नपार्क, चावहिल, कलंकी, तीनकुनेलगायतका ११ ओटा स्थानमा तरकारी बजार स्थापना गरिएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण एकै स्थानबाट तरकारी विक्रीवितरण गर्दा भीडभाड हुने भएपछि यस्तो निर्णय गरेको हो । यसअघि पसल थापेर तरकारी बेच्ने, गाढामा तरकारी बेच्ने लगयातका व्यापारीहरुले कालिमाटीबाटै तरकारी किनेर विक्रीवितरण गर्ने गरेका थिए ।

कालिमाटी के हुन्छ ?

समितिले काठमाडौंका विभिन्न ११ ओटा स्थानबाट तरकारी विक्रीवितरण थालेपछि सबै खुद्रा पसलेहरुले नजिकका स्थानबाट तरकारी लिनेछन । त्यसो भए कालिमाटी तरकारी बजारमा आउनुपर्ने छैन र कालिमाटीबाट तरकारी विक्री गर्न पनि आवश्यक हुनेछैन । महामारीभरी सबै रिटेलरहरुले कालिमाटीकै मूल्यमा तरकारी विभिन्न ११ स्थानबाट पाउनेछन ।

किसानले आफ्नो उत्पादन आफै ल्याएर बेच्न सकिने

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी उत्पादक किसान आफैले उत्पादन गरेको तरकारी विना कुनै मध्यस्थकर्ताको सहयोगविनै बेच्न पाउनेछन । समितिले निर्धारण गरेका विभिन्न ११ ओटा स्थानमा आफ्नो स्टल राखेर किसानले आफ्ना उत्पादन आफ्नै मूल्यमा बेच्न पाउनेछन् । किसानले आफुले आफ्नो उत्पादनको मूल्य निर्धारण गरेरै बेच्न पाउने कार्यकारी निर्देशक पौडेलले बिजखबरलाई जानकारी दिए ।

ब्यबसायीले फाईदा उठाउन पाउँदैनन

पछिल्ला समय कालिमाटी तरकारी बजार बन्द भएको अनावश्यक हल्लाले व्यवसायीले फाईदा लुटिरहेका छन् । उपभोक्तालाई नराम्रो म्यासेज फैलाएर अनावश्यक फाईदा लिने व्यवसायीलाई चेतावनी समेत समितिले दिएको छ । कालिमाटी तरकारी बजार बन्द नभएर भीड नियन्त्रण गर्नका लागि विक्री केन्द्र बढाएकाले अनावश्यक हल्लाका पछि लागेर महंगो मूल्यमा तरकारी खरिद नगर्न समेत उपभोक्तालाई आग्रह गरेको छ ।

बल्खु तरकारी बजारलाई पनि आग्रह

कालिमाटी तरकारी बजारको विक्रीवितरण विस्तार भएपछि बन्द भएको भन्दै बल्खुमा तरकारी किन्नेको भीड लागेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्र प्रसाद पौडेलले बल्खु तरकारी बजारमा पनि भीड कम गर्न यस्तै निर्णय गर्न आवश्यक रहेको बताए । उनले बल्खुमा हुने भीडका कारण पनि उपभोक्तालाई खतरा पैदा हुनसक्ने उल्लेख गरे । अब बाहिरबाट आउने तरकारी कालिमाटीमा नआएर काठमाडौंका ११ स्थानमा जानेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL