Logo

ओम्नीसँग ठेक्का रद्द पछि सरकारले स्वास्थ्य सामग्री खरिदलाई खुलायो टेण्डर, यस्तो छ प्रक्रिया

ओम्नीसँग ठेक्का रद्द पछि सरकारले स्वास्थ्य सामग्री खरिदलाई खुलायो टेण्डर, यस्तो छ प्रक्रिया



काठमाडौं । सरकारले कोरोना परीक्षण र उपचारका लागि उपकरणको खरिद प्रक्रिया अघि बढाएको छ । विवादित बनेको स्वास्थ्य सेवा विभागले पुनः निजी क्षेत्रसँगै मेडिकल सामग्री खरिद गर्ने गरी सूचना प्रकाशित गरेको हो ।

विभागले ७ दिनको समय सीमा राख्दै झन्डै ३४ करोड रुपैयाँ बराबरको मेडिकल सामग्री खरिदका लागि मंगलबार सूचना जारी गरेको हो। विभागले २३ प्रकारका मेडिकल सामग्री खरिदका लागि सूचना प्रकाशन गरेको हो।

यसअघि ओम्नी समुहले पाएको उक्त खरिदको टेण्डर विवादित बनेको थियो । ओम्नी समुहले खरिद प्रक्रियामा ढिलाई गरेको भन्दै सरकराले उक्त समुहसँगको टेण्डर खारेज गरेको थियो ।

ओम्नीसँग ठेक्का रद्द पछि सरकारले स्वास्थ्य सामग्री खरिदलाई खुलायो टेण्डर, यस्तो छ प्रक्रिया


प्रतिक्रिया दिनुहोस्
MBL