Logo

अत्यावश्यक वस्तु देशभर पुर्याउन महासंघद्धारा अपिल, सबैसँग सहयोगको आग्रह

अत्यावश्यक वस्तु देशभर पुर्याउन महासंघद्धारा अपिल, सबैसँग सहयोगको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अत्यावश्यक वस्तु तथा सेवासँग सम्वन्धित सबैलाई सहयोग गर्न आग्रह गरेको छ । महासंघले अत्यावश्यक वस्तु तथा सेवासँग सम्बन्धित उद्योग व्यवसायले अझ बढी उत्पादनहरू बढाई उत्पादित वस्तु निर्वाध रूपमा मुलुकभर पुर्याउने कार्यमा सबै श्रमिकहरुलाई सदाझै महत्वपूर्ण सहयोग गर्न आग्रह गरेका हुन ।

laxmi

आजको कठिन अवस्थामा मुलुकलाई सहयोग गर्न महासंघ सम्पूर्ण श्रमिक कामदार दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक अपिल गर्दछ बिज्ञप्तीमा उल्लेख छ । साथै अत्यन्त जोखिम मोलेर उद्योग संचालन गरीरहेका उद्योगीहरूले उत्पादन गरेका वस्तुहरू एक जिल्लाबाट अर्को जिल्लामा लैजादा अनेकन समस्या व्यहोर्नु परेकाले आपूर्तिमा संलग्न उद्यमी व्यवसायीहरूलाई आ–आफ्नो स्थानबाट सहयोग पुर्याउन महासंघले स्थानीय प्रशासन र प्रहरीलाई समेत अग्रह गरिएको छ ।

कोभिड १९ (कोरोना भाइरस) का कारण नेपाल सहित विश्वनै त्रासदीको अवस्थामा यतिखेर छ । यो संक्रमणलाई फैलन नदिन तथा सोको रोकथाम तथा नियन्त्रणका लागि अन्य राष्ट्रहरू जस्तै नेपाल पनि पछिल्लो एक सातादेखिनै लकडाउनको अवस्थामा छ । संघीय सहित सवै तहका सरकारहरू, निजी क्षेत्र र आम सर्वसाधारण जनताहरू कोरोना भाइरस नियन्त्रणका लागि आ–आफ्ना तहबाट लागेको अवस्थामा सवैले आ–आफ्ना जिम्मेवारीहरूलाई निर्वाह गर्न सकेमा महामारीलाई समयमै नियन्त्रण गरी देशलाई जतिसक्दो छिटो लकडाउनको अवस्थाबाट मुक्त गर्न सकिने महासंघको धारणा रहेको छ ।

संकटको घडिमा अत्यावश्यक वस्तुहरू जस्तो खाद्यान्न, औषधिलगायतका वस्तुहरू उत्पादन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुर्याउन नसकेमा मुलुक अझै ठूलो समस्यामा पर्न जानेमा कसैको दुईमत हुंदैन विज्ञप्तीमा उल्लेख गरिएको छ । उद्योग व्यवसाय संचालन गरी उत्पादित वस्तुहरू आम सर्वसाधारणसम्म पुर्याउने काममा श्रमिक कामदारहरूको भूमिका अझ बढी महत्वपूर्ण हुने भन्दै महासंघले श्रमिकहरुको प्रशंसा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL