Logo

सिनेमा हल, क्लब र डान्सबार २०७७ सालसम्म बन्द, २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन (निर्देशनसहित )

सिनेमा हल, क्लब र डान्सबार २०७७ सालसम्म बन्द, २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन (निर्देशनसहित )



काठमाडौं । सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ ।

laxmi

बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई उक्त निर्णय गरेको हो ।

यसको अनुगमनका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ ।

सरकारले अत्यावश्यक कामका लागि बाहेक आवतजावतमा समेत रोक लगाएको छ । बुधबार गरिएको निर्णय अनुसार पार्टी प्यालेस, मन्दीर, चर्च, गुम्बा लगायतका स्थानमा पनि २५ जनाभन्दा बढी भेला हुन नपाईने उल्लेख छ ।

सार्वजनिक सवारीसाधनमा पनि भिडभाड गरी यात्रा नगर्न यात्रुलाई समेत सरकारले निर्देशन दिएको छ । यस्तै धेरै मानिसहरु जम्मा हुने ठाउँमा भने महानगरपालिकाले समय समयमा डिसईन्फेक्सन गराउनुपर्ने निर्णयमा उल्लेख छ ।

यस्तै निर्णयको ८ नम्बर बुँदामा बजारमा अत्यावश्यक बस्तुको कालोबजारी गर्नेलाई कारबाहीको काम भने उद्योग मन्त्रालयले गर्ने उल्लेख छ । आफ्नो देश फर्कन नसकेका विदेशीहरुको भिषा अवधि नियमित गरिदिने समेत उक्त निर्णयमा उल्लेख छ ।

बुधबारको निर्णयबाट युरोप तथा पश्चिम एशियाका केही देशमा ट्रान्जिट गरेर आउने स्वदेशी तथा विदेशी यात्रुलाई मार्च २० रातीदेखि प्रतिबन्ध लगाईने भएको छ । यस्तै एसईई भईरहेको विद्यालयमा हेल्थ डेस्क निर्माण गर्ने र बाँकी पढाई भने चैत मशान्तका लागि स्थगित गरिने भएको छ ।

यस्तै सरकारले बरामद गरेका अवैध मास्कहरुमध्ये ५ लाख थान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी वितरणका लागि साझा सहकारीलाई दिने निर्णय गरेको छ ।

सिनेमा हल, क्लब र डान्सबार २०७७ सालसम्म बन्द, २५ जनाभन्दा बढी जम्मा नहुन निर्देशन (निर्देशनसहित )


प्रतिक्रिया दिनुहोस्
MBL