Logo

मोबाईलमा गेम खेलेर दिन बिताउँदै न्यूरोडका व्यापारी, भन्छन-सरकारले पसलको भाडा घटाइदिनु पर्यो (फोटोफिचर)

मोबाईलमा गेम खेलेर दिन बिताउँदै न्यूरोडका व्यापारी, भन्छन-सरकारले पसलको भाडा घटाइदिनु पर्यो (फोटोफिचर)



काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना संक्रमणको कहर बढिरहँदा यसको प्रत्यक्ष असर नेपाली बजारमासमेत देखिएको छ । कोरोनको त्रासका कारण उपभोक्ताहरु दैनिक अत्यावश्यक बस्तुहरुको जोहोमा लाग्दा अन्य बस्तु बजार भने लगभग ठप्प प्राय बनेका छन् ।

laxmi

जसको प्रत्यक्ष प्रभाव मोबाइल, कम्प्युटरलगायत विभिन्न विद्युतिय उपकरण र फेशनको प्रमुख बजारको रुपममा रहेको न्यूरोड तथा अन्य बस्तुका लागि चल्तीको बजार रहेको असन क्षेत्रमा स्पष्ट देख्न सकिन्छ ।

धेरैजसो व्यस्त रहने न्यूरोडका गल्लीहरु हाल शून्यदेखिन्छन । कातर्फ चीनबाट आउने बस्तु नाकामै रोकिएको छ भने अर्कोतर्फ भएकै सामानको विक्री ठप्प भएपछि व्यापारीहरु निराश भएका छन । पछिल्लो समय चीनबाट र्फलिएको कोरोना भाईरसका कारण २०७२ सालको भूकम्पमाभन्दा बढी घाटा वेहोर्नुपरेको असनस्थित एक व्यापारीले बताए ।

मोबाईलमा भिडियो गेम खेलेर दिन बिताउँदै न्यूरोडका व्यापारी, भन्छन–सरकारले पसलको भाडा घटाइदिनु पर्यो (फोटोफिचर)

‘बरु भूकम्प आउँदा फाट्टफुट्ट व्यापार भईरहेको थियो,’उनले भने, ‘तर कोरोनाका कारण किन हो हामीले घरभाडा बुझाउन नै गाह्रो पर्ने बेला आईसक्यो ।’

पछिल्लो समय व्यापार घटेपछि पसलको भाडा नै तिर्न गाह्रो हुने देखिएको व्यापारीहरु बताउँछन् । व्यापारीहरुका अनुसार पछिल्लो एक महिनादेखि व्यापार ठप्प छ । दैनिक १ देखि डेढ लाखसम्मको व्यापार हुने न्यूरोडका पसलहरु दिनभर खाली हुने भएपछि व्यापारीहरु भने मोबाईलमा गेम खेल्दै, भिडियो हेर्दै बस्ने गरेका छन ।

मोबाईलमा भिडियो गेम खेलेर दिन बिताउँदै न्यूरोडका व्यापारी, भन्छन–सरकारले पसलको भाडा घटाइदिनु पर्यो (फोटोफिचर)

यस्तै हालत छ न्यूरोडस्थित होलसेल मार्केटका रुपमा रहेको रञ्जना ट्रेड सेन्टरको । सोमबार दिउँसो ३ बजेतिरको माहोल हेर्दा त्यहाँका व्यापारी दिनभर नै मोबाईलमै झुम्मिरहेका जस्ता देखिन्थे भने भरियाहरु पनि काँधमा नाम्लो बोकेर यताउता चहार्दै बसिरहेका थिए । प्रायजसो काममा फुर्सद नपाउने न्यूरोडका व्यापारीहरु समेत हाल फुर्सदिला बनेका छन । उनीहरुलाई कामको खाँचो पर्दैनथ्यो तर, हाल काम पाउनै अप्ठ्यारो महशुस भईरहेको बताए एक भरियाले ।

मोबाईलमा भिडियो गेम खेलेर दिन बिताउँदै न्यूरोडका व्यापारी, भन्छन–सरकारले पसलको भाडा घटाइदिनु पर्यो (फोटोफिचर)

रञ्जनामा लामोसमयदेखि रेडिमेड कपडाको थोक पसल चलाइरहेका घनश्याम रेग्मी (रमेश) केही समययता व्यापारमा पूरै मन्दी छाएको बताउँछन् । ‘एकातिर बाहिरबाट सामान आएको छैन, अर्कोतिर कोरोनाको त्रासका कारण देशैभरबाट काठमाडौंमा सामान लिन व्यापारीहरु पनि नआएको अवस्था छ’, रेग्मीले भने । रेग्मीले अहिले व्यापारमा जटिल परिस्थिति उत्पन्न भएको बताउँदै यस्तो अवस्था कहिलेसम्म रहने हो भन्ने मुख्य चिन्ता रहेको बताए ।

यस्तै सोही क्षेत्रमा केही युवाहरु भने मोबाईलमै लुँडो खेलेर बसिरहेका थिए । प्रायजसो नेपालका विभिन्न स्थानबाट होलसेलमा सामान लिन आउनेको भीड लाग्ने असन, खिचापोखरी, महाबौद्ध लगायतका स्थानहरु शुन्यप्राय हुँदा व्यापारीहरु समेत आत्तिएका छन । कुराकानीकै क्रममा एक व्यापारीले भने, ‘यस्तै हो भने हामीले घरबेटीसँग भाडा घटाउनका लागि आन्दोलन गर्नुपर्ने दिन आउँछ ।’

पछिल्लो समय व्यापार घटेपछि पसलको भाडा तिर्न गाह्रो पर्ने अवस्था आउन लागेको उनको भनाई थियो । यसका लागि सरकारले काठमाडौंका घरबेटीहरुसँग समन्वय गरेर निश्चित समयावधिका लागि पसलको भाडा घटाउन पहल गर्नुपर्ने धेरै व्यवसायीको आग्रह रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL