Logo

कोरोना रोक्न सार्क ईमर्जेन्सी फण्डमा १ करोड डलर राख्ने भारतको घोषणा, संयमिता अपनाउन ओलीको आग्रह

कोरोना रोक्न सार्क ईमर्जेन्सी फण्डमा १ करोड डलर राख्ने भारतको घोषणा, संयमिता अपनाउन ओलीको आग्रह



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पछिल्लो समय विश्वमा फैलिरहेको कोरोनाको प्रभाव सार्क राष्ट्रहरुमा रोक्न १ करोड अमेरिकी डलर बराबरको ईमर्जेन्सी कोष खडा गरेको बताएका छन । आईतबार सार्क राष्ट्रका राष्ट्र प्रमुखहरुसँग कोरोना भाईरसको त्रासको बारे तयारीका बारेमा बुझ्न आयोजना गरिएको भिडियो कन्फ्रेन्समा उनले उक्त घोषणा गरेका हुन ।

laxmi

उनले उक्त फण्डमा सबै राष्ट्रहरुले साथ दिनुपर्ने बताएका छन । जसमा विशेषज्ञ तथा डाक्टरहरुको सहभागिता रहने उनको भनाई छ ।

पछिल्लो समय विश्वलगायत सार्क राष्ट्रमा नै एक नयाँ चुनौति खडा भएको बताउँदै अव यसले कस्तो अवस्था लिने हो भन्ने एकिन नभएकाले आपतकालिन कोष खडा गरेको बताएका हुन । भिडियो कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हामी सबै मिलेर यसको सामना गर्नु जरुरी छ, जसका लागि मैले एक आपतकालिन कोष खडा गरेको छु ।’

भिडियो कन्फ्रेन्समा सार्क राष्ट्रका राष्ट्राध्यक्षले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । यस्तै प्रधामन्त्री केपी शर्मा ओलीले नेपालमा हाल एक मात्रै बाहिरबाट आएको कोरोनाको केस रहेको र त्यो पनि हल भईसकेकोे बताएका छन ।

उनले नेपालले कोरोनाबाट बच्न तथा यसको रोकथामका लागि विभिन्न उपायहरु अपनाईरहेको बताएका छन । यस्तै उनले विभिन्न सामाजिक समुहगत कार्यहरुलाई डिक्रिज गरेको, नमस्तेलाई अपनाएको लगायतका कुराहरु उक्त भिडियो कन्फ्रेन्समा राखेका छन ।

यस्तै अन्य राष्ट्रका राष्ट्राध्यक्षले आफ्नो आफ्नो राज्यमा कोरोनाको प्रभाव देखिएपनि त्यसबाट पाठ सिकेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL