Logo

सातै प्रदेशमा कोरोना जाँचका लागि ल्याव स्थापना, सिमा नाकामा आवतजावतमै रोक लगाउने तयारी

सातै प्रदेशमा कोरोना जाँचका लागि ल्याव स्थापना, सिमा नाकामा आवतजावतमै रोक लगाउने तयारी



काठमाडौं । सरकारले सातवटै प्रदेशमा कोरोना भाइरस चेकजाँचका लागि ल्याव स्थापना गर्ने भएको छ । पछिल्लो समय विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर बढ्दै गएपछि सरकारले उक्त सातवटै प्रदेशमा कोरोना भाइरस लागेमा पत्ता लगाउने ल्याव स्थापना गर्ने भएको हो ।

laxmi

आईतबार प्रधानमन्त्री कार्यालयलमा कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समिति बैठकले उक्त निर्णय गरेको हो । यस अघि सरकारले उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

पोखरेलको संयोजकत्वमा सबै संघीय मन्त्रीहरु, सातवटै प्रदेशमा मुख्य मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित आज बसेको बैठकले कोरोना भाइरसको महामारी फैलिने क्रम नरोकिएका सबै सिमा नाकामा हिडडुल गर्न समेत रोक लगाउने भएको छ । उक्त बैठकपछि बोल्दै प्रधानमन्त्री कार्यालयका सचिव रामनारायण विडारीले उक्त रोग फैलिने क्रम नरोकिए सबै सिमानाकामा मान्छे हिडडुल गर्न समेत रोक लगाउने तयारी गरिएको जानकारी दिए ।

कोरोनाका कारण देशमा मास्क र स्यानिटाईजरको अभाव बढेसँगै सरकारले त्यस्ता अतिआवश्यक बस्तु आयातका लागि फास्टट्रयाक बाट आयात गर्ने भएको छ । मास्क र स्यानिटाईजरमा कालोबजारी तथा सोही अनुरुप सर्टेज समेत भएको भन्दै जनतालाई सहज र सर्वसुलभ तरिकाबाट उपलब्ध गराउनका लागि सरकारले फास्टट्रयाकबाट आयात गर्न लागेको हो ।

यसैगरी बैंठकले जनताहरुलाई काम नपरी घरबाट बाहिर ननिस्कन सकेत आग्रह गरेको छ । उक्त रोक फैलिनेक्रम द्वूत रुपमा बढेसँगै आज बसेको उच्चस्तरिय संयन्त्रको बैंठकले जनतालाई काम नपरी घरबाट ननिस्कन आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL