Logo

कोरोनाविरुद्ध लड्न सार्क सक्रिय, आज भिडियो कन्फेरेन्समा छलफल हुँदै

कोरोनाविरुद्ध लड्न सार्क सक्रिय, आज भिडियो कन्फेरेन्समा छलफल हुँदै



काठमाडौं । कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) फेरि सक्रिय भएको छ । पछिल्लो समय भारत र पाकिस्तानकाबीचको असझमदारीका कारण सार्क पूर्णरुपमा निष्क्रिय रहेको थियो । तर, विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिदै गएको कोरोना भाइरसविरुद्ध छलफलका लागि फेरि सार्क सदस्य राष्ट्रहरु एकजुट भएका छन् ।

laxmi

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सार्क देशहरु एक ठाउमा रहेर काम गर्ने प्रस्ताव गरेसँगै आइतबार साँझ ५ बजे सार्क देशका प्रमुखहरुको भिडियो कन्फेरेन्समार्फत छलफल हुने भएको छ ।

भारतीय विदेश मन्त्रालयले यस बारेमा जानकारी दिएको छ । यस अघि मोदीले शुक्रबार सार्क देशका प्रमुखलाई एक ठाउमा आएर कोरोनाविरुद्ध लड्न अपिल गरेका थिए ।

लामो समयदेखि सुस्त रहेको सार्क अब अहिले कोरोनाको संक्रमण बढ्दै जाने संकेत देखिएपछि भारतले यसलाई ब्युझाउने प्रयास गरेको छ । मोदीले प्रस्ताव गरेलगत्तै नेपालसहित अन्य सबै देशले सो प्रस्तावको स्वागत गर्दै कोरोनाविरुद्ध लड्न एक हुने मत व्यक्त गरेका थिए ।

सार्कको अध्यक्ष समेत रहेको नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको लडाइँमा सार्क सदस्य राष्ट्रसँग मिलेर अघि बढ्न तयार रहेको बताएका थिए ।

मोदीको प्रस्तावको स्वागत गर्दै उनले दक्षिण एसियाका नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सार्क सदस्य राष्ट्रसँग मिलेर काम गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL